अफगानिस्तानमा वम विस्फोट हुँदा दुईको मृत्यु, २८ घाइते

<span class='c1'>अफगानिस्तानमा वम विस्फोट हुँदा</span> <span class='c2'>दुईको मृत्यु, २८ घाइते</span>

अफगानिस्तानमा भएको बम विस्फोटनको घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

सोमबार भएको घटनामा परी अरु २८ जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । घाइतेमध्ये पाँच जना तालिवान सदस्य रहेका छन् ।

घटनामा घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार गराइएको छ । उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको पनि स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।

नानगाहर प्रान्तको घानी जिल्लामा बिहानको समयमा घटना भएको हो । जिल्ला स्वास्थ्य कार्यालयलाई लक्षित गरेर विस्फोटन गराइएको स्थानीय प्रहरी अधिकारीको भनाइ छ ।

घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिइएको प्रहरीले जनाएको छ । राजधानी काबुलस्थित शिख गुरुद्वारामा विस्फोटन भएको दुई दिनपछि यो घटना भएको हो ।

गत शनिबार भएको सो घटनामा पनि कम्तीमा दुई जनाको मृत्यु भएको थियो भने अन्य सात जना घाइते भएका थिए । त्यो घटनाको जिम्मेवारी भने इस्लामिक स्टेट खोरासन प्रान्त (आइएसकेपी)ले लिएको थियो । उसले वक्तव्य नै जारी गरेर घटनाको जिम्मेवारी लिएको हो ।

अफगानिस्तानमा लामो समय हिंसात्मक विद्रोह गरेको तत्कालिन विद्रोही तालिवान समूहले सत्ता कब्जा गरेपनि अर्को समुहले हिंसात्मक घटना गराइरहेको छ ।

रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्