विराटनगर । भारतबाट नेपाल आएर पायल्स रोगको अप्रेशन तथा उपचार गर्ने बहानामा सर्वसाधारण ठगी गर्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इटहरी नगरपालिका–६ मा पायल्स रोगको उपचार गर्ने भनी बस्दै आएका भारत पश्चिम बंगाल उत्तर चौबिसे पगरवना घर भएका रनो तालुकदारलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीम बहादुर बस्नेतका अनुसार उनले उपचारसँग सम्बन्धित कुनैपनि इजाजत नलिईकन सेवाग्राहीलाई ठगी गर्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको थियो । उनलाई गत असानर ६ गते पक्राउ गरि ईलाज सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको हो ।