सुनसरी उद्योग वाणिज्य संघको एक अध्यक्ष पदको लागि ३ जनाको उम्मेदवारी

सुनसरी उद्योग वाणिज्य संघको एक अध्यक्ष पदको लागि ३ जनाको उम्मेदवारी

विराटनगर । सुनसरी उद्योग वाणिज्य संघको एक अध्यक्ष पदको लागि ३ जनाको उम्मेदवारी परेको छ ।

आगामी असार २० गते हुने मतदानको लागि आइतबार ३ जनाले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन कार्यलयका प्रमुख डाक्टर राजेन्द्र शर्माका अनुसार विजय श्रेष्ठ, पवन अग्रवाल र शिवराजश्रेष्ठको मनोनयन दर्ता भएको छ । विजय यसअघिको निर्वाचनमा गिरिधारी सापकोटासँग झिनो मतले पराजित उम्मेदवार हुन् । भने पवन पुर्व अध्यक्ष हुन् । शिवराज वर्तमान उपाध्यक्ष हुन् । विजय लोकतान्त्रीक प्यानलका र शिवराज वामपन्थी प्यानलका हुन भने पवन अहिलेसम्म स्वतन्त्र उम्मेदवारको रुपमा देखीएका छन् ।

उता बिजयश्रेष्ठ प्यानलका ४ जना सदस्य सर्वसम्मत निर्वाचीत भएका छन् । एसोसिएट तर्फ ३ सदस्यको लागि ३ जनाको मात्र उम्मेदवारी परेपछि निर्वाचन समितिले सर्वसम्मत चयन भएको घोषणा गरेको छ । सर्वसम्मत हुनेहरुमा गोपाल श्रेष्ठ, अशोक जैन र राजु शाह रहेका छन् । उद्योग महिलामा १ पदको लागि एकजना स्तुती श्रेष्ठको मात्र नाम मनोनयन दर्ता भएपछी उनीपनि सर्वसम्मत भएकी हुन् । चारैजना सर्वसम्मत चयन भएका सदस्यहरु आफु विजय श्रेष्ठ प्यानल भएको घोषणा गरेका छन् ।

त्यस्तै वाणिज्य ८ पदका लागि २१,उद्योग सदस्य ४ पदका लागि ८, वस्तुगत तर्फ २ पदका लागि ५ र वाणीज्य तर्फको १ महिला सदस्यको लागि २ जनाको उम्मेदवारी परेको डा शर्माले जानकारी दिए । आइतबार दर्ता भएको उम्मेदवारी उपर दाबिविरोध र मनोनयन फिर्ता पछि १४ गते साढे ३ बजे अन्तीम नामावली प्रकाशित हुने उनले बताए । मतपत्रमा उम्मेदवारको नामावली देवनागरी वणर्ानुक्रम अनुसार राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्