जीवन विकास समाजले रंगेलीमा मनायो राष्ट्रिय धान दिवस(फोटो फिचर)

<span class='c1'>जीवन विकास समाजले रंगेलीमा मनायो</span> <span class='c2'> राष्ट्रिय धान दिवस(फोटो फिचर)</span>

विराटनगर । जीवन विकास समाजले १९ औँ राष्ट्रिय धान दिवसको अवसरमा “ कृषि तथा खाद्यान्नमा आत्मनिर्भर अभियान” भन्ने नाराका साथ रंगेली नगरपालिका २,लाटा मोरङ´ सामुहिक रोपाई गरि राष्ट्रिय धान दिवस मनाएको छ ।

“गरिब मूक्त नेपाल र खाद्यान्नमा आत्मनिर्भर” बनाउने उदेश्यले लामो समयदेखि बाँझो रहेको एक सय बिघा जग्गा भाडामा लिएर उपयोग गरिरहेको छ ।

भबिष्यमा अझ धेरै खाली जग्गालाई उपयोगमा ल्याउने योजना रहेको जानकारी जीवन विकास समाज कृषि प्राबिधिक कला बिष्टले जानकारी दिनुभयो ।

परम्परागत खेती प्रणालीबाट गरिब किसानले सोचे जस्तो प्रतिफल पाउन नसकेको हुनाले हाल कृषि मेसिनहरु सहुलियत दरमा गरिब किसानहरुलाई भाडामा दिनको लागी कष्टम हायरिé सेवा समेत संचालनमा ल्याएको हो ।

हाल मोरङ जिल्ला अन्र्तगत थलाह, रंगेली, दादरबैरिया, सोराभाग, डकुवाडागामा कृषि यान्त्रिकरण गर्दै धान, मकै, गहुँ, तेलहन, दलहनबाली , फलफूल तथा तरकारी खेती गरिरहेको छ ।

१९ औँ राष्ट्रिय धान दिवसको कार्यक्रममा उपस्थित व्यक्तिहरुले सामुहिक रुपमा एक अर्कोलाई हिलो छयाप्दै दही–चिउरा खाएर सामुहिक रोपाई कार्यक्रम भव्यताकासाथ सम्मपन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्