विराटनगर । उदयपुर त्रियुगा नगरपालिका ३ ,मोतिगडा बस्ने २६ बर्षीय अजय मल्लिकको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ
।
शुक्रबार बेलुका करिब ६:३० बजे अजय मल्लिक र उनको श्रीमति पुनिता मल्लिकले उनकै बहिनि शोभा मल्लिकको घरबाट करेन्ट सहितको तार टागि सोही स्थानमा रहेको गुहे खोलामा घरबाट बिजुलीको तार लगी करेन्ट लगाई माछा मार्ने क्रममा आफैंलाई करेन्ट लागी बेहोस भएका अजयको उनकै श्रीमतीले जिल्ला अस्पताल उदयपुरमा ल्याई उपचार गराउने क्रममा पौने ७ बजे मृत्यु भएको हो ।
घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।