सुनसरीमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

<span class='c1'>सुनसरीमा बसको ठक्करबाट</span> <span class='c2'>साईकल यात्रीको मृत्यु</span>

विराटनगर । सुनसरी ईटहरी उपमहानगरपालिका १७ पकलि चौक स्थित पुर्ब पश्चिम राजमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामधुनी नगरपालिका ५ का ७५ बर्षीय मंगलु चौधरी रहेका छन् । शुक्रबार बेलुका साढे ४ बजे पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको को १ ख ७७९५ नम्बरको बसले बाटो क्रस गर्दै गरेको साईकल यात्रीलाई ठक्कर दिदा गम्भिर घाइते भएका चौधरीको धरान घोपामा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको थियो । ठक्कर दिने बस र चालक ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्