फरार खोज्दै मोरङ प्रहरी :अपराध ठहरपछि फरार, समाजमा घुलमिलपछि पक्राउ

<span class='c1'>फरार खोज्दै मोरङ प्रहरी :अपराध</span> <span class='c2'>ठहरपछि फरार, समाजमा घुलमिलपछि पक्राउ</span>

विराटनगर । बेलबारी नगरपालिका–११ का ३० वर्षीय जर्मन कार्की चोरी मुद्दामा तीन महिना कैद र ४० हजार रुपिँया जरिवाना बुझाउने गरि दोषी ठहर भए । मोरङ जिल्ला अदालतको २०७८ असार १ गतेको आदेशले उनलाई दोषी ठहर गरेको हो ।

अदालतले अपराधमा संलग्न रहेको ठहर गरेपछि फरार भएका उनी अहिले प्रहरीको नियन्त्रणमा परे । समाजमा अपारध ढाकछोप गर्दै घुलमिल गरिरहेका उनी कैद भुक्तान गर्न कारागार चलान भए । जर्मन जस्तै विष्फोटक पदार्थको मुद्दामा दोषी ठहर उर्लाबारी–७ का प्रलाद पौडेल एकवर्ष ११ दिन कैद भुक्तान र एकहजार रुपिँया जरिवाना नबुझाउँदा पक्राउ परेका छन् । मोरङ जिल्ला अदालतले उनी विरुद्ध २०७७ चैत ११ गते दोषी रहेको ठहर गर्दै ११ दिन कैद र एकहजार रुपिँया जरिवानाको फैसला गरेको थियो ।

उर्लाबारी–२ का जीवन नेपाली लागुऔषध मुद्दामा २०७८ पुस २० गत अदालतको फैसला अनुसार २५ दिन कैद भुक्तान नगरेका कारण पक्राउ परेका छन् । यसैगरी मिक्लाजुङ–६ का ३४ वर्षीय रोशन लिम्बु चोरी मुद्दामा दोषी ठहर भई फरार रहेका थिए । उनलाई अदालतले गत मंसिरमा चार महिना जेल र एकलाख ५५ हजार रुपिँया जरिवानाको आदेश गरेको थियो । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतमा पेश गरेपछि कारागार चलान भएका छन् । मिक्लाजुङ–३ का कृष्ण भुजेल सवारी ज्यान केसमा दोषी ठहर भएपनि उनलाई प्रहरीले पक्राउ गरेको छ । २०७७ चैत ५ गते उनी विरुद्ध ९ महिना ८ दिन जेल र दुईहजार रुपिँया जरिवानाको आदेश भएको थियो ।

मिक्लाजुङ–६ का ५७ वर्षीय तुलबहादुर सुर्जे मगरलाई जर्बरजस्ती करणी उद्योगमा दोषी ठहर भई फरार रहँदै आएका थिए । उनी अदालतको २०७४ जेठ २ गतेकै आदेश अनुसार दुईवर्ष ६ महिना कैद भुक्तान गर्नुपर्ने गरि दोषी ठहर भएपनि फरार सूचिमा रहँदै आएका थिए । प्रहरीले उनलाई पक्राउ गरेर अदालतमा पेश गरेपछि कारागार चलान भएका हुन् ।

प्रहरीले धनपालथान–५ का बिनोद सरदार चोरी मुद्दामा दोषी ठहर भई ७ महिना ५ दिन कैद र दशहजार रुपिँया जरिवाना बुझाउनका लागि पक्राउ गरेको छ । यसैगरी बेलबारी–२ का अर्जुन झाँगडलाई अदालतले पाँच महिना १६ दिन कैद र पाँच हजार रुपिँया जरिवाना बुझाउनु पर्ने आदेश गरे अनुसार नियन्त्रणमा लिइएको छ ।

यसैगरी सुन्दरहरैंचा–१०का अर्जुन गुरुङलाई बैकिंङ्ग कसुरमा २ लाख ९९ हजार ४०० बुझाउन बाँकी रहेकोमा दोषी ठहर भए बमोजिम पक्राउ गरिएको छ । उर्लाबारी–३ का प्रकाश धिमाल लागुऔषध मुद्दामा दोषी ठहर भई एकवर्ष ३ महिना कैद भुक्तानका लागि पक्राउ परेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले अदालतले अपराधमा दोषी ठहर गरेर आदेश गरेका विभिन्न मुद्दाका फरार प्रतिवादी खोज्ने अभियानलाई प्रहरीले सक्रिय बनाएको जानकारी दिए । प्रहरीले पछिल्लो समय दशजना फरार प्रतिवादीलाई नियन्त्रणमा लिन सफल भएको छ । प्रवक्ता श्रेष्ठले फैसला कार्यन्वयनमा प्रहरीले फरार खोज्ने अभियानको रुपमा छुट्टै प्रहरी टोलि परिचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्