फोटो पत्रकार सम्बन्धी तालिम सम्पन्न , एफएनपिजे प्रदेश १ मा पौडेल निर्वाचित

<span class='c1'>फोटो पत्रकार सम्बन्धी तालिम सम्पन्न ,</span> <span class='c2'>एफएनपिजे प्रदेश १ मा पौडेल निर्वाचित</span>

विराटनगर । नेपाल फोटो पत्रकार महासंघ प्रदेश १ को अध्यक्षमा मोरङका वेदराज पौडेल निर्वाचित भएका छन् ।

कोशीटप्पुमा ३ दिने तालिम सहित सम्पन्न प्रदेश अधिबेशनबाट पौडेल सहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । प्रदेश समिति उपाध्यक्षमा झापाबाट आमसंचार डटकमका समाचार प्रमुख विनोद पाण्डे, महिला उपाध्यक्षमा उदपुरकी अप्सरा समाल र महासचिवमा मोरङका कमल रिमाल निर्वाचित भएका छन्। धनकुटाका रमेशचन्द्र अधिकारी सचिवमा र कोषाध्यक्षमा मोरङकी सुशीला पाठक निर्वाचित भएका छन्। अधिबेशनको आइतबार प्रदेश १ का यातायात व्यवस्था तथा संचार मन्त्री उपेन्द्रप्रासद अधिकारीले फोटो खिचेर तालिम तथा अधिवेशनको उद्घाटन गरेका थिए।

मन्त्री घिमिरेले फोटो पत्रकारले सम्पदा,जैविक विविधता र समाजको फोटो खिचेर यथार्थ प्रस्तुत गर्नुपर्नेमा जोड दिएका थिए। उनले आम संचारकर्मी र संचारमाध्यमको हकहितका लागि मन्त्रालय सधैं तत्पर रहेको समेत उल्लेख गरे । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष लिला वल्लभ घिमिरेले पत्रकारहरु व्यवसायिक र प्राविधिक रुपमा सबल बन्न आवश्यक रहेको बताए ।

प्रविधिमा आएको परिवर्तनलाई आत्मसात गर्दै अघि बढ्न सके समाचारमा समेत गुणस्तरीयता आउने उनको भनाई थियो। अधिवेशन लगत्तै बसेको कार्यसमितिको पहिलो बैठकले सल्लाहकारमा मोरङेली पत्रकार मोहन भण्डारी ,नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे र पत्रकार महासंघ मोरङका अध्यक्ष सन्जिव खनाललाई चयन गरेको छ। दोश्रो पटक निर्वाचित भएका प्रदेश अध्यक्ष देवराज पौडेलले फोटो पत्रकारको स्तरोन्नतिका लागि सहुलियत ऋण र बिमाका कार्यक्रमलाई आफुले प्राथमिकतामा राखेको बताएका थिए । अधिवेशन पूर्व संचालित प्रशिक्षणमा बिसप ताम्राकार र केन्द्रिय अध्यक्ष ध्रुव आलेले सहभागीहरुलाई सहजीकरण गराएका थिए । कार्यक्रममा प्रदेश १ का १३ जिल्लाका ६५ जना फोटोपत्रकारको सहभागीता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्