विराटनगर । इटहरीको विरेन्द्र चौक नजिकै युवाहरुबीच खुकुरी हानाहान हुँदा दुईजना घाइते भएका छन् । सेन्टर प्लाजा अगाडी बिहीबार दिउँसो दुई समूहबीच खुकुरी हानाहान भएको हो ।
सुनसरीको इटहरी स्थित व्यावसायिक भवन सेन्ट्रल प्लाजा अगाडी युवाहरूको समूहबीच खुकुरी हानाहान हुदा दुईजना युवा घाइते भएका छन् ।
घटनामा संलग्न दुई जनालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ । खुकुरी हानाहान गर्ने दुई युवालाई प्रहरीले प्रकाउ गरेको छ भने केही युवाहरु फरार रहेका छन् । फरार रहेका युवाहरुलाई प्रहरीले खोजी गरिरहेको छ ।
घाइते मध्ये एकको टाउकोमा चोट लागेको र उनको विराटनगर स्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । घटनास्थलमा इटहरी प्रहरीले घटनास्थलबाट एक थान खुकुरी बरामद गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरी प्रमुख खगेन्द्र खड्कले जानकारी दिए ।