विराटनगर । झापाको मेचीनगर नगरपालिका-५ स्थित तिरिङ-काँकरभिट्टा सडक खण्डबाट प्रहरीले अवैध सुपारी सहित सवारी साधन बरामद गरेको छ ।
शनिबार बिहान करिब ११ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी गस्ती टोलीले काँकरभिट्टा तर्फ आउदै गरेको मे.१च ४९८० नम्वरको पिकअप गाडी चेक जाँच गर्दा करिव ७ सय के.जि. अवैध सुपारी अन्दाजी २ लाख ८८ हजार ४ सय रुपैँया मुल्य बराबरको बरामद गरेको हो ।
बरामद गरिएको उक्त सुपारी, सवारी साधन र चालक ४८ बर्षीय दान बहादुर पोख्रल समेतलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा बुझाईएको प्रहरीले जनाएको छ ।