विराटनगर । मोरङको कटहरीमा लैङ्गकि हिंसा शिर्षकमा कानुन सचेतना सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएका छन् ।
कटहरी गाउँपालिकाको सभाहलमा शनिबार आयोजित सो कार्यक्रम समाज कल्याण युवा क्लबको आयोजनामा र लुक्ला नेपालको सहयोगमा सम्पन्न भएको हो ।कार्यक्रमको प्रमुख अतिथि कटहरी गाउँपालिकाका प्रमुख देवराज चौधरीले भने हाम्रो जस्ता गरिब देशमा दिनहुँ जसो लैङ्गकि हिंसाका घटनाहरु घटिरहेका छन् । हाम्रो समाजमा लैङ्गकि हिंसा सम्बन्धी कार्यक्रम आवश्यक रहेको र यस कार्यक्रम उपलब्धीमुलक भएको बताए ।
कटहरी गाउँपालिकाले आउने दिनमा विभिन्न संघ संस्थाहरुसंग सहकार्य गरी जनचेतना सम्बन्धी कार्यक्रम गर्ने बताए । ब्राईट भिजन ल कलेजमा अध्यनरत बिद्यार्थीद्धारा संचालित लुक्ला नेपाल संस्थाका पुर्व अध्यक्ष शिव कुमार यादव लगायत अन्य पदाधिकारीहरुले लैङ्गकि हिंसा सम्बन्धी कानुनी जनचेतना गराएका थिए ।
कार्यक्रममा बिशिष्ठ अतिथि समाजसेवी गोकुल भट्टराई, अथितीमा लुक्ला नेपाल संस्थाका अध्यक्ष बिन्दानन्द नुन्दी, स्वयमसेविका शारदा दाहाल, आयोजक संस्थाका पुर्वसचिव ममता यादव, जागृती महिला समाज विराटनगर-१४ का अध्यक्ष ममता यादव, राजु पैदार, नेपाल प्रहरी सहित ८० जना भन्दा बढी स्थानियहरुका सहभागिता रहेका थिए । कार्यक्रमको संचाल लुक्ला नेपालका सह सचिव अनु श्री राउतले गरेका थिए। कार्यक्रम समाज कल्याण युवा क्लबका अध्यक्ष दिपक यादवको अध्यक्षतामा सम्पन्न भएका थियो ।