सोलुखुम्बुबाट हत्याको आरोपमा २ जना पक्राउ

<span class='c1'>सोलुखुम्बुबाट हत्याको आरोपमा</span> <span class='c2'>२ जना पक्राउ</span>

विराटनगर । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-५ का ५७ बर्षीय सुब्बा कामीको हत्या आरोपमा कामीकै श्रीमती र अर्की १ जना महिलालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पक्राउ गरेको छ ।

असार २५ गते राती श्रीमान श्रीमती संगै सुतेकोमा २६ गते बिहान श्रीमान मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय सोलुखम्बुबाट प्रहरी टोली खटि गई अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा कामीलाई निजकै श्रीमती ५५ बर्षीया बुदामाया बि.क. र स्थानीय ५३ बर्षीया ङिमा तामाङले हत्या गरेको भन्ने खुल्न आएसंगै दुबै जनालाई पक्राउ गरेको हो । हत्याको आरोपमा पक्राउ परेका दुबै जनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्