विराटनगर । उदयपुरको कटारीबाट मैयाखु तर्फ जाँदै गरेको प्रदेश २-०१-००१ च ०२४३ नम्बरको बोलेरो कटारी नगरपालिका-४ मा आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा उक्त बोलेरोमा सवार ९ जना घाईते भएका थिए ।
घाईतेहरुलाई उपचारको लागी धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा कटारी नगरपालिका-१३ का १८ बर्षीय बिष्णु राउतको मृत्यु भएको तथा अन्य घाईतेहरुको सोही अस्पताल उपचार भईरहेको छ । घटना बारेमा ईलाका प्रहरी कार्यालय कटारीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।