विराटनगर । झापाको शिवसताक्षी नगरपालिका १ धरमपुर चर्चाबारी स्थितबाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सोही स्थान शुक्रबारे बस्ने २१ बर्षीय किरण श्रेष्ठ रहेका छन् । आइतबार बेलुका करिब ६ बजे ईलाका प्रहरी कार्यालय दमक र ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ६०० मिलि ग्राम सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका श्रेष्ठको ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।