विराटनगर । झापाको मेचीनगर नगरपालिका ६ मेचिडाँडा छेउमा अबैध रुपमा भारत तर्फ लैजादै गरेको १५० केजी सुपारी बरामद गरिएको छ ।
बिहिबार दिउँसो करिब ४ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको सुपारी बरामद गरेको हो । बरामद भएको सुपारी आवश्यक कारबारीको लागी मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।