अरनिको कलेजमा अभिमुखिकरण

<span class='c1'>अरनिको कलेजमा</span> <span class='c2'>अभिमुखिकरण</span>

विराटनगर ।  विराटनगर– १० मा रहेको अरनिको कलेजले नयाँ भर्ना भएका विद्यर्थाीहरुलाई एक दिने अभिमुखिकरण तालिम तथा स्वागत गरेको छ ।

कलेजले सोमबार एक कार्यक्रम आयोजना गरि विद्यर्थाीहरुलाई अभिमुखिकरण दिएको हो । नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनुको साथै कसरी अध्ययन गर्दा उत्कृष्ट नजिता ल्याएर उत्कृट हुन सकिन्छ भन्ने देखि कलेजको नियमको बारेमा पनि अभिमुखिकरण मार्फत जानकारी दिएको कलेजका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए ।

विज्ञान संकाय, व्यवस्थापन संकाय र होटेल मेनेजमेन्ट संकायमा पठनपाठन हुँदै आएको कलेजमा नयाँ शैक्षिक सत्रमा विज्ञान संकायमा ८२१ र व्यवस्थापन संकायमा ८३ गरि ९ सय ५ विद्यार्थीहरु भर्ना भएका छन् ।

तालिममा प्रमुख  अतिथि नेम्सका निर्देशक डा. नविन शर्मा, कलेज व्यवस्थान समितिका अध्यक्ष लक्ष्मी अधिकारी, कलेजका निर्देशक हरु उमेन्द्र विलास लुइटेल, डा. भवेन्द्र निरौला, भरतराज दाहाल, निलमकुमार अधिकारी, शैलेशकुमार झा र विकाश खनाल तथा शिक्षक विजय दंगाललाययले कलेजको बारेमा विद्यार्थीहरुलाई जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्