कान्तिपुर कलेजमा भर्ना भएका विद्यार्थीलाई स्वागत

<span class='c1'>कान्तिपुर कलेजमा भर्ना</span> <span class='c2'>भएका विद्यार्थीलाई स्वागत</span>

विराटनगर । विराटनगर–१० मा रहेको कान्तिपुर कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूलाई एक दिने अभिमुखीकरण तालिम दिएको छ । विराटनगरस्थित एक होटलमा सोमबार भव्य कार्यक्रम आयोजना गरी भव्य रुपमा स्वागत गर्दै अभिमुखीकरण समेत गराएको छ ।

गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको कान्तिपुर कलेजमा कक्षा ११ मा उल्लेखनीय विद्यार्थी भर्ना भएका छन् । कक्षा ११ मा विहानको सिफ्टमा ७ सय ५४ जना विद्यार्थी भर्ना भएपछि उनीहरूलाई स्वागत गर्दै अभिमुखीकरण गराएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । विज्ञान संकायमा २८० व्यवस्थापन संकायमा ४२० र होटेल मनेजमेन्टमा ५४ जना विद्यार्थी भर्ना भएका छन् ।

‘दक्ष प्राध्यापक र शिक्षकहरूबाट गुणस्तरीय पठनपाठन गरेको कारणले कान्तिपुर कलेज विद्यार्थीको पहिलो गन्तव्य बनेको छ,’ प्रिन्सिपल नेपालले भने, ‘भर्ना भएका विद्यार्थीहरूलाई कलेजको बारेमा जानकारी गराउन हामीले अभिमुखीकरण गराउने गरेका छौँ । यहाँ भयरहित वातावरणमा विद्यार्थीहरूले पठनपाठन गर्न सक्ने सुविधा सम्पन्न भौतिक संरचना रहेको छ ।’ उनका अनुसार अहिले भर्ना भएका बिहान अध्ययन गर्ने विद्यार्थीहरू हुन् । दिउँसो सिफ्टको लागि पनि कलेजले भर्ना खुलाएको छ ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई शाखा मोरङका प्रमुख टङ्क गौतम, प्याब्सन मोरङको अध्यक्ष शीतला सुब्बा, सिए एसोसियसन प्रदेश १ का प्रमुख सिएम मनोज अधिकारीलगायतले गुणस्तरीय शिक्षासँगै संस्कारसहितको सीपमूलक शिक्षा आजको आवश्यक भएकोले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । कार्यक्रममा कलेजका अध्यक्ष खुसीराज श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको थियो ।

विद्यार्थीहरूले नृत्य प्रस्तुत गरी कार्यक्रममा थप रमाइलो गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्