विराटनगरको ऐतिहासिक रथयात्राको सुरक्षा व्यावस्थाको लागी मुख्यमन्त्री राईको निर्देशन

<span class='c1'>विराटनगरको ऐतिहासिक रथयात्राको सुरक्षा व्यावस्थाको</span> <span class='c2'>लागी मुख्यमन्त्री राईको निर्देशन</span>

विराटनगर । आगामी भदौ ४ गते विराटनगरमा भव्य रुपमा निकालिने ५४ औँ सस्करणको रथयात्राको सुरक्षारर्थ प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईल सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन निर्देशन दिएका छन्।


मुख्यमन्त्री राईले मंगलबार रथयात्रा आयोजक, सरोकारवाला साथै सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा स्वास्थ्य मापदण्ड पालना गर्दै सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन निर्देशन दिएका हुन्। प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने कृष्ण रथयात्रामा कोभिड १९ महामारीका कारण २ वर्षदेखि रोक लगाइएको थियो। यो वर्ष पनि सुरक्षाको कारण देखाउँदै रथयात्रा सामान्य विधीका रुपमा मात्र निकाल्ने तयारी थियो ।


तर आयोजक कमिटी र विराटनगरवासीको चौतर्फी दवावका कारण अन्तत निकाल्ने पक्षमा पुगेको थियो । कोरोना भाईरसको कारण यसपटकको रथयात्रामा स्वास्थ्य मापदण्डको कुरालाई ख्यालमा राखेर मनाईने तयारीमा रहेको आयोजक समितीका संयोजक कैलाश रेग्मीले बताएका छन् ।
छलफलमा नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, नेपाली सेनाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रदेश १ का सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तथा रथ आयोजक समिति लगायतको उपस्थिति रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्