विराटनगर । मोरङ कारागार विराटनगरमा चारवटा लघुवित्त वित्तीय संस्थाले पानीको फिल्टर जडान गरेका छन् । कारागार भित्रका कैदीबन्दीले सफा पानी पीउन पाउन् भन्ने उद्देश्यले चारलाख मूल्य बराबरको तीनवटा वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरिएको हो ।
जीवन विकास लघुवित्त वित्तीय संस्था, फरवार्ड, गुराँस र सपोर्टको चारलाख साझेदारी सहयोगमा ट्रिटमेन्ट प्लान्ट जडान गरिएको हो । कारागारको पानी दुषित भएका कारण कैदीबन्दीमा छालाको एलर्जी, लुतो र पेटको समस्या देखिने गरेपछि सामाजिक कार्य अन्तर्गत लघुवित्त वित्तीय संस्थाहरुले सहयोग गरेका हुन् । पानीमा आईरन (ईएफ), एमएन, आर्सेनिक को मात्रा बढी हुँदा एकहजार बढी कैदीबन्दीलाई समस्या पर्दै आएको थियो ।