विराटनगर । कोसी अस्पताल विराटनगले डालयासिस सेवा विस्तार गर्ने भएको छ । स्वास्थ्य सेवा विभागले थप ६ वटा मेसिन उपलब्ध गराएपछि जनशक्ति व्यवस्थापन गरेर आइतबारदेखि सेवा सुभारम्भ गर्ने भएको हो ।
साउन २२ गते अस्पतालमा आएका मेसिन जडान गरिसकिएको छ । अस्पतालमा ६ पुराना मेसिन रहेकोमा दुईवटा बिग्रिएर चारवटा मात्रै सञ्चालनमा छन् । नयाँ ६ मेसिन सञ्चालनमा आएपछि डायलासिसको सेवा लिने बिरामीका लागि केहि राहत हुने भएको छ ।
अस्पतालमा अहिले मिर्गौलाका ३० बिरामीले डायलाइसिस सेवा लिइरहेका छन् । अस्पतालले चार मेसिनबाट सेवा दिईरहेको बेला स्वास्थ्य सेवा विभागले ६ नयाँ मेसिन थपिदिएको थियो ।
मेसिन जडान भईसकेका छन्, कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञराज खरेलले भन्नुभयो–सकभर आजै जनशक्ति व्यवस्थापन गरेर आइतबारदेखि सञ्चालन सुरु गर्नेछौं ।