विराटनगर इन्टरनेसनल कलेजमा दशैँ विशेष कार्यक्रम सम्पन्न भएको छ । कलेजमा शुक्रबार आयोजित दशैँ कार्निभल बिहान ११ बजेदेखि साँझ ८ बजे सम्म चलेको थियो ।उक्त कार्निभलमा चर्चित ब्याण्ड "मन्त्र" को बिशेष प्रस्तुति रहेको थियो । मन्त्रले करिब ९० मिनेट बिद्यार्थी तथा दर्शकलाई मनोरन्जन प्रदान गरेको थियो ।
यस्तै कलेजका बिद्यार्थीहरुको गायन तथा नृत्य , बिभिन्न खेल र खानाका स्टलहरु पनि राखिएको कलेजका अपरेशन प्रमुख बिबेक दाहालले जानकारी दिए ।
यस्तै विराटनगर इन्टरनेसनल कलेज तथा बेलायतको वल्भरह्याम्पटन बिश्वबिध्यालयको ७ वटा बिशेष अवार्ड पनि बिद्यार्थीहरुलाई प्रदान गरिएको थियो । अवार्ड पाउनेमा लिडरशिप अवार्ड आशिष गुप्ता र रश्मि अटल, इभेन्ट म्यानेजमेन्ट अवार्ड बिशाल दास, चेन्ज मेकर अवार्ड बैभव नाहाटा, स्टार्टअप अवार्ड श्रेयान्स बोथरा, उत्कृष्ट एकेडेमीक अवार्ड सुभम अग्रवाल , उत्कृष्ट डेजस्र्तेसन अवार्ड आयुशी अग्रवाल र उत्कृष्ट खेलाडीको अवार्ड रिधि अग्रवालले पाएका थिए । उक्त अवार्ड कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्लेले प्रदान गरेका थिए ।
कलेजमा इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्टका बिद्यार्थीहरुले उक्त कार्यक्रमको पूर्ण ब्यवस्थापन गरेका थिए । उक्त दिन सबै उपस्थित बिद्यार्थी तथा कलेजका सम्पूर्ण टिमले आफ्नो संस्कृति झल्किने पोशाक लगाएर "इथिनिक डे" पनि मनाएका थिए । नेपालीहरुको महान चाड बडा दसैँको अवसरमा बिद्यार्थीहरुका लागि मनोरंजन साथै आफ्नो प्रतिभा देखाउने माध्यमको रुपमा कार्यक्रम हुन लागेको कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्लेले बताए ।
कार्यक्रममा कलेजका बिद्यार्थी, अभिभावक, पत्रकार लगायतको उपस्तिथी रहेको थियो । बिराटनगर इन्टरनेशनल कलेजमा बिगत ८ वर्षदेखि इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (बिआइबिएम) र बिगत २ बर्ष देखि इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट पढाइ हुदै आएको छ ।
इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजले विदेश नै गएर ठुलो लगानीमा अन्तरास्ट्रिय शिक्षा लिनुपर्ने बाध्यतालाई चिर्दै नेपालमै बेलायतका कोर्ष सर्वसुलभ खर्चमा पढाउदै आएको छ ।