विराटनगर । अनाधिकृत सीमा पर्खाल नियमित गर्न तथा अनधिकृत सीमा पर्खाल हटाउन विराटनगर महानगरपालिकाले सूचना जारी गरेको छ ।
महानगर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएको पर्खाल प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार नै हुनुपर्ने महानगरले सूचना निकालेर जानकारी गराएको हो ।
मापदण्डले कम्पाउण्ड पर्खाललाई समेत समेट्ने भएकाले तोकेअनुसार गर्न घरधनीलाई सूचित गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।
महानगरपालिकाले कतिपय पर्खालहरु नक्सा पास नगरि निर्माण भएका पाइएकोले सूचना प्रकाशित भएको ३५ दिनभित्र हटाउन सूचित गरेको छ ।
विराटनगर महानगरपालिकाले जारी गरेको सूचना हेर्नुहोस् :