नालापानीको कथामा फिल्म

<span class='c1'>नालापानीको कथामा</span> <span class='c2'>फिल्म</span>

काठमाडौं । नालापानीको इतिहासमा फिल्म निर्माण भएको छ ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गर्नुभएका वीर बलभद्र कुँवरको लडाइँमा आधारित रहेर फिल्म ‘नालापानी’ निर्माण गरिएको जानकारी निर्देशक रिमेश अधिकारीले दिनुभयो । निर्माता समेत रहनुभएको अधिकारीले नेपाली वीरताको गाथालाई पर्दामा ल्याउनु सहज नरहेको बताउनुभयो ।

“नालापानी गढीमा अङ्ग्रेज सैनिकविरुद्ध नेपाली फौजले लडेको साहसिक लडाइँलाई अहिलेको पुस्तालाई देखाउनु र बुझाउनु मेरो उद्देश्य हो । हामीले आफ्नो वीरताको गाथालाई सङ्ग्रहित गर्नु जरुरी छ”, उहाँले भन्नुभयो । युद्धको समयको भोगाइलाई पर्दामा देखाउनु कठिन रहेको निर्देशक अधिकारीले सुनाउनुभयो । “सीमित प्रविधि, बजारले गर्दा हाम्रो मेकिङमा असर गर्छ । यद्यपि हामीले सक्दो मेहनत गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँले झण्डै नौ वर्ष लगाएर फिल्म तयार गर्नुभएको हो । चलचित्र विकास बोर्डले दुई वर्ष अगाडि विशेष फिल्मसमेत घोषणा गरेको थियो । लेखन तथा अनुसन्धानमा निर्देशक अधिकारीलाई कृष्ण आचार्यले सहयोग गर्नुभएको हो । प्रा डा धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र’ पुस्तकमा आधारित रहेर इतिहासविद्हरू प्रा डा धनराज कुँवर, प्रा डा त्रिरत्न मानन्धर, प्रा दिनेशराज पन्त, प्रा डा सुरेन्द्र केसी, पूर्वसहायक रथि डा प्रेम सिंह बस्न्यातहरूसँग छलफल गरेर नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’ मा आधारित रहेर ‘नालापानी’ तयार पारिएको हो ।

फिल्ममा देशभक्त खनाल, अर्जुनजङ्ग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पुजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, इशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, सारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीत विष्ट, युगजङ्ग कार्की, सिमन खड्का, सुशील खड्का (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकार एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्