बाढी प्रभावित बस्तीमा छैन चाडबाडको उल्लास

<span class='c1'>बाढी प्रभावित बस्तीमा</span> <span class='c2'>छैन चाडबाडको उल्लास</span>

वेदकोट । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायकलाई दसैँले छोएको छैन । उहाँ भदौ ३१ गते दोदा नदीमा आएको बाढीले क्षति पु¥याएको धानबाली काट्नमा व्यस्त हुनुहुन्छ ।

“बाढीले धान पूरै ढलाएर माटो भरियो, अहिले काटेर घाममा सुकाउँदै छौँ”, उहाँले भन्नुभयो, “बाढीले कच्ची घर ढल्ने जस्तो भइसक्यो, त्रिपालमुनि रात काट्छौँ, चाडबाड आएजस्तो लागेको छैन ।”

बाढीले विस्थापित बनेका शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका १५ परिवार गाउँ नजिकैको जनजागरण सामुदायिक वनमा त्रिपालमुनि आश्रय लिएर बसेका छन् । बाढीले गर्दा यस वर्षको चाडबाड खल्लो भएको एकान्त टोलका हरिकृष्ण भट्ट बताउनुहुन्छ ।

“वर्षमा एक दिन आउने चाडबाड आउँदा खुसी हुनु पर्ने हो, यसपटक बाढीले चाडबाड खल्लो बनाएको छ”, उहाँले भन्नुभयो, “बाढीपछि घर फर्किनै पाएका छैनौँ, जङ्गलमा त्रिपालमुनि रात काटिरहेका छौँ ।”

घरभित्रका लत्ताकपडा, खाद्यान्न सबै बनहरा नदीमा आएको बाढीले बगाएको उहाँको भनाइ छ । “बाढीले खेत र घरभित्रको सबै बाली सखाप पा¥यो, खान–बस्नलाई समस्या छ, यसपालि इष्टमित्र कसैलाई बोलाउँदैनौँ”, उहाँ भन्नुहुन्छ, “आए भने पनि कहाँ बसाल्ने र के खुवाउने भन्ने चिन्ता छ ।”

नेपालीहरुको महत्वपूर्ण ठूलो चाड दसैँको चहलपहल सबैतिर बढेको छ । वर्षमा एक पटक आउने चाडबाडले गाउँ–सहरमा उत्साह ल्याएको छ । तर कञ्चनपुरका बाढी प्रभावित बस्तीमा भने दसैँमा सुनसान छ ।

भदौ ३१ गते बनहरा, स्याली, मछेली, दोदालगायत नदीमा आएको बाढीले कञ्चनपुरको शुक्लाफाँटा, लालझाडी, बेलौरी र पुनर्वास नगरपालिकाका पाँच सयभन्दा बढी परिवार प्रभावित भएका थिए ।

अझै बाढीको डरले गाउँमा फर्किन नसकेको एकान्त टोलका मेघु बोहरा बताउनुहुन्छ । “अझै पानी पर्ने भनिरहेका छन्, फेरि के पो हुन्छ भन्ने डरले त्यहाँ गएका छैनौँ”, उहाँले भन्नुभयो, “बिहान बेलुकाका छाक टार्न मुस्किल छ, चाडबाड कसरी मनाउने ?”

विगतका वर्षमा हर्षोल्लासका साथ चाडबाड मनाउने गरेको उहाँले बतानुभयो । यस वर्ष बाढीले पीडा दिएको छ । “पहिले त जसोतसो चाडपर्व त राम्रोसँग बनाउँथ्यौँ, अहिले मन हुँदाहुँदै पनि चाडपर्व मनाउन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “मीठो–मसिनो पकाउने त टाढाको कुरो, बिहान बेलुकीको छाक टार्न पनि मुस्किल छ ।”

राहत, क्षतिपूर्ति भन्दा पनि आफूहरुलाई सुरक्षित आवासको आवश्यकता रहेको एकान्त टोलका दुर्गा बोहराले बताउनुभयो । “सङ्घसंस्थाले दिएको खाद्यन्नले भोक मेटाउँदैछौँ, जङ्गलमा बस्न पाइँदैन भनेर सामुदायिक वनले हट्न भनेको छ, अब हामी कहाँ जाने ?”, उहाँले भन्नुभयो, “बस्नलाई सुरक्षित ठाउँको व्यवस्था हुनुपर्छ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्