सन्दिपलाई हतकडी लगाउनुपर्ने किन जरुरी थियो? प्रहरीको नियम यसो भन्छ

<span class='c1'>सन्दिपलाई हतकडी लगाउनुपर्ने किन जरुरी</span> <span class='c2'>थियो? प्रहरीको नियम यसो भन्छ</span>

विराटनगर । नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछाने आज नेपाल फर्केका छन् । उनीमाथि नाबालिगको बलात्कारको आरोप लागेपछि उनी नेपाल फर्केका हुन् ।

उनलाई विमानस्थलमा 'हतकडी' लगाएर प्रहरीले पक्राउ गरेको थियो जस्को अहिले सामाजिक सञ्जालमा आलोचना पनि भइरहेको छ ।

आवर विराटनगरले उक्त विषयमा एक प्रहरी अधिकारीलाई गरेको प्रश्नमा उनले भने' कुनैपनि फौजदारी अभियोग लागेको आरोपितलाई हतकडी लगाउनुपर्ने नियम रहेको हुन्छ' सन्दिपलाई मात्रै नलगाउने भन्ने नहुने उनले जिकिर गरे । 'कुनैपनि व्यक्तिलाई फौजदारी अभियोगमा आरोपित भए मात्रै पनि हतकडी लगाएर नियन्त्रणमा लिनुपर्ने हुन्छ' उनले थपे ।

गएको भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । भदौ ५ गते सन्दीपले बलत्कार गरेको जाहेरीमा उल्लेख छ ।

उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्