विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोरङ क्षेत्र नं.६ बाट नेकपा एमालेका लालबाबु पण्डित संघीय प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराउनु भएको छ ।
पूर्वमन्त्री पण्डितले मुख्य निर्वाचन अधिकृतको कार्यलय जिसज मोरङमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।
यसैगरी ६ (क) मा एमालेको रिता न्यौपाने र ६ (ख) एमालेका पर्शुराम बस्नेतले मनोनयन दर्ता गराउने भएका छन् ।
यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट डा. शेखर कोइराला संघमा, प्रदेशसभातर्फ (क) नेकपा माओबादीका जीवन आचार्य र (ख) मा नेपाली कांग्रेसका केदार कार्कीले उम्मेदवारी दर्ता गराउने छन् ।