सुरक्षाको हिसाबले दशैंभर मोरङ शान्तिपूर्ण, दुर्घटनामा दुईजनाको मृत्यु

<span class='c1'>सुरक्षाको हिसाबले दशैंभर मोरङ</span> <span class='c2'>शान्तिपूर्ण, दुर्घटनामा दुईजनाको मृत्यु</span>

सुजता लिम्बु
विराटनगर । सुरक्षाको दृष्टिकोणले यो वर्षको दशैं अवधीभर मोरङ शान्तिपूर्ण बनेको छ । मोरङ जिल्लाभर कुनै अप्रिय घटना यो वर्ष नभएको जिल्ला प्रहरी कार्यालय मोङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए । दशैंको मौका छोपेर हुने चोरी समेत यसवर्ष भएन । फौजदारी जघन्य अपराधका घटना नहुँदा दशैं शान्त्तिपूर्ण समापन भएको हो ।

चाँडपर्व लक्षित सुरक्षामा प्रहरीको मजबुत परिचालन भएको दावी छ । सादा पोशाक, मोबाइल ड्यूटी र सिआरभी निगरानी परिचालन गरिएको थियो ।

दशैमा कति भए सवारी दुर्घटना ?
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको तथ्याङ अनुसार गत वर्षको तुलनामा यो दशैँमा सवारी दुर्घटना भने बढेको छ । गत वर्ष ०७८÷७९ को तथ्याङ अनुसार ४६ वटा सवारी दुर्घटना भएका थिए । यो दशैँ अवधिभर ५८ वटा सवारी दुर्घटना भएको छ । सवारी दुर्घटनामा परी मृत्यु हुने दुईजना छन् । गतवर्ष एकजनाको ज्यान गएको थियो ।

कार्वाही र राजस्व
दशैँ अवधिभरमा ९ सय २३ वटा सवारी ट्राफिक प्रहरीको कार्वाहीमा परेको छ । ट्राफिक प्रहरीले दिएको तथ्याङ अनुसार ट्रक, टिपर, बस, कार÷जिप, ट्याक्टर, मोटरसाइकल लगायतका सवारी साधन कार्वाहीमा परेका हुन् । कार्वाहीमा परेको सवारीबाट ट्राफिक प्रहरी कार्यालय मोरङले १६ गते देखि २४ गतेसम्ममा ५ लाख ६३ हजार राजस्व संकलन गरेको तथ्याङ्कमा उल्लेख छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्