विराटनगर । पछिल्लो समय युवा पुस्तामा लोकप्रिय मानिएको दार्जेलिङको चर्चित व्याण्ड मन्त्रको लाईभ कन्सर्ट हुने भएको छ ।
विराटनगरमा रहेको लाईभ ईन्टरटेन्मेन्टले हरेक बर्ष विराटनगर म्युजिकल फेष्टीवल गर्दै आएको छ । यसैविच यस पटक पनि पुन लाईभ ईन्टरटेन्डमेन्टले विराटनगरमा मन्त्र व्याण्ड ल्याएर लाईभ कन्र्सट गर्ने जनाएको छ ।
लाईभ ईन्टरटेन्मेन्टका निर्देशक तथा संचालक सेन्ट्रो महतका अनुसार यही असोज २९ गते शनिबारका दिन विराटनगर मेनरोडमा रहेको जैन भवनमा लाईभ पर्फमेन्स हुनेछ ।
कार्यक्रममा दार्जेलिङको व्याण्ड मन्त्रले शनिबारका दिन विराटनगरलाई सांगितिकमय बनाउने तयारीमा रहेको महतले आवर विराटनगरलाई जानकारी दिए । कार्यक्रममा मन्त्र व्याण्डको प्रस्तुतिसँगै विराटनगरमा नाम चलेका डान्स ग्रुपको नृत्य , नेपाल आईडलबाट परिचित गायिका अस्मिता अधिकारीको प्रस्तुती साथै मिठा मिठा खानाका परिकारहरु समेत राखिने आयोजकले जनाएको छ ।
हाल आयोजकले लाईभ कन्र्सट कार्यक्रमको टिकट धमाधम विक्री वितरण गरिरहेको छ । टिकटको दर १०० र डोर सेलको १५० रहेको आयोजकले जनाएको छ । कार्यक्रमको होष्ट झापाकी ख्यातीप्राप्त उद्घोषिका तृष्णा रेग्मीले गर्ने भएकी छिन् । कार्यक्रमको अनलाईन मिडिया पार्टनर आवर विराटनगर समेत रहेको छ ।