विराटनगर । विराटनगरमा प्रहरीको ‘हाकिम हुँ’ भन्दै रकम माग्ने एकजना नियन्त्रणमा परेका छन् ।
विराटनगर–२ का २९ वर्षीय रविन घिमिरेलाई व्यापारीहरुसँग रकम मागेको आरोपमा पक्राउ गरिएको हो ।
मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार उनले विराटनगर–१५ स्थित एक नम्बर ढाटमा प्रहरी भएको भन्दै रकम माग गर्ने गरेको गुनासो आएपछि पक्राउ गरिएको हो ।
उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमार्फत जिल्ला प्रशासन कार्यालय मोरङबाट अभद्र व्यवहारमा पाँच दिनको म्याद थप गरि अनुसन्धान भईरहेको छ ।