विराटनगर । नेकपा (एकिकृत समाजवादी) बाट मोरङ क्षत्र नम्बर ६ बाट उम्मेदवारी दिएको वसीम आलमले उम्मेदवारी फिर्ता गरेका छन् ।
पार्टीको निर्णय अनुसार उम्मेदवारी फिर्ता गरेको सामाजिक सञ्जालमार्फत उनले जनकारी दिएका हुन् ।
आफूलाई मोरङ क्षेत्र नम्बर ६ मा सदेशसभा सदस्यका लागि पार्टीले उम्मेदवारी बनाएको र मनोनयन गरेको बताउदै आज (बुधबार) पार्टीको निर्णय अनुसार उम्मेदवारी फिर्ता लिएको सामाजिक संजालमा आफ्नो धारणा लेखेका छन् ।
उनले लेखेका छन्,‘मलाई नेकपा (एकिकृत समाजवादी) पार्टिले मोरङ क्षेत्र नं ६ को प्रदेशसभा २ मा उमेद्धार बनाएको थियो र मैले मनोनयन गरेको थिएँ । आज पार्टिले उमेदवारी फिर्ता लिनु भनेर निर्णय गरेपछि मैले पार्टिको निर्णयलाई स्विकार्दै उमेदवारी फिर्ता लिएको छु ।
राजनीति लामो यात्रा हो, पार्टिको निर्णय लाई मान्नु एउटा कार्यकर्ताको धर्म हो मैले त्यो धर्म निभाएको छु ।
फोटो:फाइल