विदेशबाट फर्केर पनि न घर न माइतको सम्पर्क : विराटनगरका माइती र इटहरी घरका आफन्त सम्झन छोराको आग्रह

<span class='c1'>विदेशबाट फर्केर पनि न घर न माइतको सम्पर्क :</span> <span class='c2'>विराटनगरका माइती र इटहरी घरका आफन्त सम्झन छोराको आग्रह</span>

विराटनगर । विराटनगर–१९ मा माइती र इटहरी–२ मा घर भएकी गिता गिरी विदेशबाट नेपाल फर्केको पाँचवर्ष बित्यो । तर, यतिका वर्ष बित्दासम्म घर र माईतीसँग अझै सम्पर्क छैन । आफन्तले खोजी गर्दै जाँदा अध्यागमन विभागको रेकर्डमा गिरी कतारबाट सन् २०१७–१०–२३ मा नेपाल आएको देखिन्छ । सन् २०१४–०८–२७ मा कतार जानु भएकी गिरी नेपाल फर्केपछि पुनः विदेश गएको विवरण अध्यागमनमा भेटिदैन ।

विदेशबाट फर्केर पनि घर र माइतको सम्पर्कमा नआएपछि विराटनगर र इटहरीका दुई घरपरिवारको सम्बन्ध एकअर्कालाई शंका गर्ने तहमा पुगेको छ । गिताकी आमा दुर्गादेवी पुरीले छोरीको बारेमा ज्वाँईलाई थाहा हुनुपर्ने बताउनुहुन्छ । गिताका श्रीमान् महेन्द्र गिरी विदेश गएको ढेडवर्षपछिदेखि आफ्नो सम्पर्कमा नभएकोले माईतीलाई थाहा हुनुपर्ने दावी गर्नुहुन्छ ।

बिहीबार विराटनगरमा यी दुवै परिवारले पत्रकार सम्मेलन गरेर गिताको खोजखबरका लागि सबैसँग आग्रह गरिएको छ । आमा विदेश जाँदा सातवर्ष उमेर पुगेका छोरा माधव गिरीले नेपालको ‘जुनसुकै कुनामा, जस्तो सुकै परिस्थितिमा’ भएपनि एक पटक खबर गर्न आमासँग आग्रह गर्नुभयो । ‘म सानो थिए, ममि विदेश जानुभयो, अहिले १५ वर्षको पुगेर कक्षा ९ मा पढ्दैछु’ माधवले भन्नुभयो–नेपाल फर्केरपनि घर र मावलको सम्पर्कमा नआउँदा साह्रै पीडा झेल्नु परेको छ ।

गिता विदेश गएपछि श्रीमान महेन्द्रसँग ढेडवर्षसम्म सम्पर्क थियो । श्रीमती विदेश गएको दुईवर्षपछि उहाँ पनि मलेसिया जानुभयो । लामो समय बसेर चार महिना अगाडी घर फर्कनु भएका महेन्द्रले त्यसपछि आफ्नी श्रीमतीको खोजखबर सुरु गर्नु भएको हो । यो बीचमा घरतर्फका परिवारले माईतीलाई र माईती पक्षकाले घरका परिवारलाई शंका र उपशंका गर्दै बितेको छ ।

अहिले दुवै परिवारले खोजतलासका लागि इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा हुलिया खुलाएर निवेदन दिएका छन् । गत असोज ७ गते श्रीमान् ले  दिएको निवेदनका आधारमा अध्यागमनसम्म पुगेर बुझ्दा मात्रै गिता विदेश गएको दुईवर्षमा नेपाल फर्केको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्