विराटनगर । विराटनगर ७ मा रहेको रामलाल गोल्छा आँखा हस्पिटल फाउण्डेसनले बिहीबार वल्र्ड भिजन डे अस्र्थात विश्व दृष्टि दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाएको छ ।
रामलाल गोल्छा आँखा अस्पतालले विश्व दृष्टि दिवसको अवसरमा प्रभातफेरी निकालेको छ । बिहिबार विहान हस्पिटलबाट निकालिएको प्रभात फेरी कार्यक्रम कोशी अस्पताल, हस्पिटल चौक, जलजलचौकबाट मेन रोड हुदै पुन गोल्छा आँखा अस्पतालमा पुगेर प्रभात फेरी कार्यक्रम समापन गरेको थियो ।
प्रभात फेरी कार्यक्रममा आँखालाई माया गरौँ , आँखा बेला बेलामा जाँच गराउ, लव्स योरर्स आईज लेखिएका प्ले कार्ड बोकेर प्रभातफेरी कार्यक्रममा हस्पिटलका चिकित्सक, स्टाफ नर्स, कर्मचारी तथा नर्सिङ क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहेको थियो । विश्वभरी नै अक्टोबर दोस्रो हप्ता विश्व दृष्टि दिवस मनाईने चलन भएका कारण गोल्छा आँखा अस्पतालले पनि प्रभातफेरीसँगै विभिन्न कार्यक्रम गरिएको रामलाल गोल्छा आँखा अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर सुभाष पोखरेलले जानकारी दिनुभयो ।
यो दिवसले सबै आम नागरिकलाई आँखा सम्बन्धी चेकचाँज गर्नुपर्ने जनचेतना होस भनेर पनि यो दिवस मनाईदै आएको डाक्टर पोखरलले बताउनुभयो । योसँगै अस्पतालमा एक दिन नि:शुल्क ओपिडी सेवा र सिटी सफारी चालकहरुको नि:शुल्क आँखा जाँच समेत गरिएको पोखरेलले बताउनुभयो । कार्यक्रममा ९३ जना सिटी सफारी चालकको निशुल्क आँखा जाँचमा गरिएको रामलाल गोल्छा आँखा अस्पतालका प्रमुख प्रशासक विन्देश्वर महतोले जानकारी दिनुभयो ।