राष्ट्रीय प्रजातन्त्र पार्टी मोरङले आगामी मंसिर ४ गते हुने निर्वाचनका प्रतिनिधि र प्रदेशसभा का प्रत्यक्ष र समानुपातिक उमेदवारहरू बिच शुभकामना आदनप्रदान र चुनावी रणनीतिको लागि कार्यक्रम आयोजना गरेको छ । पार्टीको नीति र उमेदवारहरूको आफ्नो ऐजेन्डा जनता सम्म कसरी लाने भन्ने बिषयमा अन्तरक्रिया सहित चुनाव हाेमिने प्रतिबद्धता मोरङका सबै उमेद्वारले ब्यक्त गरेका छन् ।
विराटनगरको रत्ना होटेलमा भएको कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष तथा क्षेत्र नं ४ ख का प्रदेशसभा उमेदवार माधव प्रसाद आचार्यको अध्यक्षता सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नं ५ का प्रत्यक्ष उमेदवार रेवत बहादुर थापा, क्षेत्र नं ६ का गाेपाल कटुवाल, क्षेत्र नं ४ का रवि रिजाल लगायत प्रदेशसभा उमेदवारहरूकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा पार्टीका महामन्त्री प्रहलाद प्रसाद साह , उमा थापा, केदार काेईराला र जिल्ला सल्लाहकारहरू दिलिप धाडेवा, पवन सुराना तथा जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिती रहेकाे राप्रपाका जिल्ला सदस्य कमल आचार्यले बताए ।