विराटनगर । ‘६७ औँ प्रहरी दिवस २०७९’ को अवसरमा विराटनगरमा प्रहरी ब्याण्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको छ । १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा विराटनगरको महेन्द्र चौकमा शनिवार प्रहरी ब्यान्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको हो ।
प्रहरी निरीक्षकको नेतृत्वमा आएको एक दर्जन बढी प्रहरीले प्रहरीको ब्यान्ड बाजाबाट करिब एक घण्टा ब्याण्डले विभिन्न बाजाजासहित प्रस्तुती दिएको थियो । उनीहरूले आधा दर्जन बढी ब्यान्ड बाजाबाट देशभत्ती गीतको धुन बजाएर मनोरञ्जन प्रदान गरे ।
प्रदेश प्रहरीले ६७ औँ प्रहरी दिवसमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । यसअघि नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।