विराटनगर । विराटनगर जेसीजले हरेक बर्ष झै यसपटक पनि ‘जेसीज सप्ताह २०२२’ विविध कार्यक्रम गरी मनाउने भएको छ ।
विराटनगर जेसीजले विराटनगरमा आईतबार पत्रकार सम्मेलन गरी विगतका वर्षहरु झै यसपटक पनि जेसीज सप्ताह कार्यक्रम गर्ने जानकारी गराएको हो ।
जेसीज सप्ताह कार्यक्रम अन्तर्गत आगामी कातिक १ गतेदेखी ५ गते सम्म विभिन्न कार्यक्रम मनाउने तयारीमा रहेको जेसीज सप्ताह कार्यक्रमका संयोजक जेसी अभिनास थापाले जानकारी दिए ।
कार्यक्रम अन्र्तगत पहिलो दिन कातिक १ गते उद्घाटन तथा स्लो साईकल रेस गरिने भएको छ । विराटनगरको सहिद रङ्गशालामा भित्र स्लो साईकल रेस गरिने भएको हो । साईकल रेसमा सहभागी भई प्रथम हुनेलाई पुरस्कारको समेत व्यावस्था राखिएको विराटनगर जेसीजका अध्यक्ष जेसी देवचन्द्र घिमिरेले जानकारी दिए ।
त्यसैगरी कातिक २ गते विराटनगर ७ मा रहेको आमाको छात्रवासलाई मायाको राशन, स्कुल व्याग तथा स्टेश्नरी वितरण गरिने भएको छ । सोही दिन सार्वजनिक यातायातका मजुदुरहरुलाई स्वास्थ्य शिविर तथा ब्लड सुगर चेक गरिने भएको छ ।
कातिक ३ गते वहुशाखा अभिमुखिकरण कार्यक्रम, कातिक ४ गते विराटनगरको महेन्द्र चौकमा आगामी नेतृत्वसँग युवा साँझा सवाल र कातिक ५ गते पत्रकार महासंघ र कर्पोरेट हाउस विच मैत्रिपुर्ण फुटवल र अन्तमा जेसीज सम्मान तथा जेसीज रात्री कार्यक्रम रहेको कार्यक्रम संयोजक अभिनास थापाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । कार्यक्रम सम्पन्न गर्न करिब ६ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।