‘विराटनगर म्युजिकल फेष्टिवल २०७९’ ले ततायो विराटनगरलाई (फोटो फिचर)

<span class='c1'>‘विराटनगर म्युजिकल फेष्टिवल २०७९’ ले</span> <span class='c2'>ततायो विराटनगरलाई (फोटो फिचर)</span>

प्रेम देवान
विराटनगर । लाईभ ईन्टरटेन्मेन्टले आयोजना गरेको विराटनगर म्युजिकल फेष्टिवल विराटनगरमा भव्य रुपमा सम्पन्न भएको छ ।


विराटनगर मेनरोड स्थित जैन भवनमा शनिबार राती सम्पन्न म्युजिकल फेष्टिवल संगितक मय बनेको थियो । कार्यक्रममा स्थानिय कलाकार तथा पछिल्लो समय युवा पुस्तामा लोकप्रिय मानिएको दार्जेलिङको चर्चित व्याण्ड मन्त्र व्याण्डले विराटनगरवासीलाई भरपुर मनोरन्जन प्रदान गरे । लाईभ कन्र्सटमा अधिकास युवा जमातको उपस्थितीले कार्यक्रम थप माहोल बढेको थियो ।


विराटनगरमा रहेको लाईभ ईन्टरटेन्मेन्टले हरेक बर्ष विराटनगर म्युजिकल फेष्टीवल गर्दै आएको छ । यसैविच यस पटक पनि विराटनगरका संगितप्रेमीहरुलाई मनोरन्जन प्रदान गर्ने उद्धृस्यका साथ कार्यक्रमको आयोजना गरिएको लाईभ ईन्टरटेन्मेन्टका निर्देशक तथा संचालक सेन्ट्रो महतले जानकारी दिए । शनिबार दिउसो ३ बजेबाट सुरु भएको कार्यक्रममा विराटनगरका स्थानिय व्याण्डहरुले प्रस्तुति दिएका थिए ।


नेपाल आईडलबाट परिचित गायिका अस्मिता अधिकारीले आफ्ना चर्चित आदा दर्जन बढी गीतहरुमा प्रस्तुती दिएकी थिईन् । उनको गीतमा कार्यक्रममा सहभागी भएका अधिकासले उनलाई नाचेर साथ दिएका थिए । त्यसैगरी मन्त्र व्याण्डले झन्डै एक दर्जन गीतहरु प्रस्तुत गरेको थियो ।

मन्त्र व्याण्डको प्रस्तुतिमा सहभागी संगितप्रेमी तथा उनका फ्यानहरुले हुटिङ, तालि र नाचेर साथ दिए । कार्यक्रमको प्रमुख अतिथी विराटनगर महानगरपालीकाका मेयर नागेश काईराला रहेका थिए । मेयर कोईरालाले विराटनगरमा पनि संगितलाईम माया गर्ने धेरै भएका कारण बेला बेलामा यस्ता साँगिती कार्यक्रमहरु आयोजना गर्नु राम्रो पक्ष भएको उल्लेख गरे । मेयर कोईरालाले कार्यक्रममा सहभागी भएका कलाकारहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।


कार्यक्रमको संचालन झापाकी ख्यातीप्राप्त उद्घोषिका तृष्णा रेग्मी र विराटनगरका सञ्चारकर्मी जतिन ताम्राकारले गरेका थिए । कार्यक्रमको अनलाईन मिडिया पार्टनर आवर विराटनगर रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्