विराटनगरमा चुनाव बहिष्कार सभा

<span class='c1'>विराटनगरमा चुनाव</span> <span class='c2'>बहिष्कार सभा</span>

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार लक्षित सभा सोमबार विराटनगरमा आयोजना गरिएको छ । प्रदेश राजधानीमा नेकपा क्रान्तिकारी, नेकपा बहुमत र माओवादी कम्यूष्टि पार्टीले ‘कथित निर्वाचन बहिष्कार गरौं’ भन्ने नारासहित सभा आयोजना गरेका हुन् ।

विरोधमा नेकपा मसाल समेत सहभागी हुने भनिएपनि त्यो समूहको कोहिपनि प्रतिनिधि उपस्थित भएनन् । सभालाई माओवादी कम्यूनिष्ट पार्टीका गोपाल किराँती, नेकपा क्रान्तिकारीका सिपी गजुरेल र नेकपा बहुमतका धर्मेन्द्र बास्तोलाले सम्बोधन गरेका थिए ।

सभामा उपस्थिति सामान्य थियो । तर, प्रदेश राजधानीमा आयोजना गरिएको निर्वाचन बहिष्कार गरौं भन्ने सभा सम्पन्न हुनुले चुनाव विरोधी गतिविधि बढ्न सक्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्