निर्वाचन विशेषः मोरङ क्षेत्र नम्बर ४ मोदी भर्सेस ढकाल कसले मार्ला बाजी ?

<span class='c1'>निर्वाचन विशेषः मोरङ क्षेत्र नम्बर ४ मोदी</span> <span class='c2'>भर्सेस ढकाल कसले मार्ला बाजी ?</span>

सुजता लिम्बु
विराटनगर । मोरङको क्षेत्र नम्बर ४ मा यस पटक रोचक प्रतिस्प्रर्धा हुने देखिएको छ । सत्ता गठबन्धनका तर्फबाट माओवादी नेता अमनलाल मोदी उम्मेद्वार बनेका छन् । एमालेबाट नेता विनोद ढकाल उम्मेद्वार छन् ।
अघिल्लो पटकको निर्वाचनमा नेपाली काँग्रेसका नेता महेश आचार्यलाई पराजित गर्दै विजयी बनेका मोदी यस पटक पुनः उम्मेद्वार बनेका हुन् । एमाले र सत्ता गठबन्धन दलका उम्मेद्वारबीच प्रतिस्पर्धा हुने यो क्षेत्रमा थारु राजवंशी समुदायको बाहुल्यता छ । जितको ढोका खोलिसकेका माओवादी केन्द्रका केन्द्रिय सदस्य मोदी (थारु)समुदायका हुन् । उनी ग्रामिण वस्तीमा लोकप्रिय छन् । एमाले नता ढकाललाई उनी चुनौती मानिन्छन् ।

पहिलो संविधानसभाको उपनिर्वाचन २०६५ सालमा मोरङ क्षेत्र नम्बर ७ बाट उम्मेद्धार बनेको ढकाल डा. शेखर कोइरालासँग पराजित बनेका थिए । यस्तै ०७४ मा विराटनगर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवार बनेका उनी काँग्रेसका भीम पराजुलीसँग पराजित भएका थिए । यो पटक जसपासँग चुनावी तालमेलसँगै मैदानमा उत्रिएका ढकाललाई जसपाको खासै भर अझै छैन । केन्द्रमा भएको सहमति विपरीत जसपाको भागमा परेको प्रदेशसभाका दुई वटा क्षेत्र ४ (ख) र ६ (ख) एमालेका उम्मेदवारले फर्किएपछि नेता तथा कार्यकर्ता रुष्ट छन् । यो आधारले पनि पार्टीबाट रुष्ट मत तालमेलका उमेदवार ढकाललाई जान सक्ने विष्लेषण कमजोर छ ।

कसको प्रभाव कस्तो ?
मओवादी केन्द्रका नेता मोदीलाई सत्ता गठबन्धनका सबै दलले साथ दिए ४ नम्बर क्षेत्र मोरङको राजनीतिमा महत्वपूर्ण बन्ने छ । नेपाली काँग्रेसका प्रभावशाली नेता गुरुराज घिमिरे सत्ता गठबन्धनको तर्फबाट क्षेत्र नम्बर ३ (क) बाट प्रदेश सभाका उम्मेदवार रहेका छन् । उनको क्षेत्रमा थारु समुदायको बाहुल्यता धेरै छ । भने, यस्तै क्षेत्र नबर ४ (ख) मा पूर्व मेयर भीम पराजुलीको उम्मेदवारी रहेको छ । पराजुलीको महानरपालिकासहितको क्षेत्रमा पार्टीगत र व्यक्तिगत मत रहेको छ । जसको फाइदा अमनलाई कति हुन्छ भन्ने आंकलन सुरु गरिएको छ । गाउँमा मोदीको राम्रो भएको कारण थारु बाहुल्य क्षेत्रका उमेदवार घिमिरेलाई जीत हाँसिल गर्न पनि उतिकै सहकार्य आवश्यक छ । शहरमा पराजुलीको सहयोग मोदीलाई र गाउँमा मोदीको सहयोग घिमिरेलाई जरुरी पर्ने भएकोले यो निर्वाचन क्षेत्रमा सत्तागठबन्धनको मजबुत सहकार्य जरुरी पर्दछ ।

सत्ता गठबन्धनका प्रतिनिधिसभा तथा प्रदेशसभाका उमेदवारबीच तालमेल खुस्किए यस क्षेत्रमा विपक्षी एमालेको प्रभावमा जाने देखिन्छ । जसको घाटा सत्ता गठबन्धन मात्रै नभई काँग्रेसलाई समेत पर्ने देखिन्छ । प्रदेश १ का सह–इन्चार्ज एवम् मोरङ जिल्ला इन्चार्ज समेत रहेका ढकालको विराटनगर महानगरपालिका क्षेत्रमा प्रभाव राम्रो छ । विराटनगर महानगरपालिका क्षेत्रमा ढकालको राम्रो पकड भएकाले पनि मोदीलाई यो निर्वाचनमा चुनौती पर्न सक्ने मानिन्छ । जसका लागि काँग्रेसको सहयोग मोदीलाई शहरी क्षेत्रमा र मोदीको सहयोग घिमिरेलाई गाउँमा जरुरी ठानिएको छ ।
आफूले पाँच वर्ष नेतृत्वमा हुँदा जनताको हितका लागि धेरै काम गरेको दावी गर्दै आएको मोदी अबको चुनावी एजेण्डा पनि विपन्नको पक्षमा रहेको बताउछन् । यता एमाले नेता ढकाल पछिल्लो समय मतदाता भेट्न कार्यकर्ता परिचालन गरिहहेको बताउछन् । उनी युवाबीच रुचाइएका उमेदवार हुन् ।

प्रदेशतर्फ मन्त्री देखि मेयरसम्म
प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर (क) बाट एमालेका जयप्रकाश चौधरीको उम्मेदवारी रहेको छ । यस्तै (ख) बाट पूर्व समाजिक विकासमन्त्री जीवन घिमिरेको उम्मेदवारी रहेको छ । यस्तै (क) बाट सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका नेता गुरुराज घिमिरे रहेका छन्, भने, (ख)बाट पूर्व मेयर भीम पराजुली उम्मेदवार रहेका छन् । प्रदेशसभाको (ख) निर्वाचन क्षेत्रमा यस पटक पूर्व मेयर पराजुली र पूर्वमन्त्री घिमिरेबीचको प्रतिस्प्रर्धा तिव्र हुने अनुमान गरिएको छ । सामाजिक विकास मन्त्री हुँदा घिमिरेले गरेका कामको प्रशंसा धेरै हुने गरेको छ । उनले कोरोनाकालमा खेलेको भूमिका महत्वपूर्ण मानिएको छ । यस्तै मन्त्री हुँदा लोककल्याणकारी काम गरेका घिमिरे धेरैका नजरमा परेका नेतामा पर्दछन् । उनी नरम स्वभाव भएका र समस्या आउँदा धेरैसँग छलफल गरेर निचोड निकाल्ने भएकोले परिणाम दिनसक्ने नेतामा गनिन्छन् । पूर्व मेयर पराजुली महानगरमा रहँदा खासै काम नगरेको आरोप झेल्ने नेतामा पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्