विराटनगर जेसीजको आमाको माया छात्रावासमा ‘माया सहितको माया’

<span class='c1'>विराटनगर जेसीजको आमाको माया</span> <span class='c2'>छात्रावासमा ‘माया सहितको माया’</span>

विराटनगर । विराटनगर जेसीजले जेसीज सप्ताह अन्तर्गतको दोस्रो र तेस्रो कार्यक्रम बुधबार सम्पन्न गरेको छ । विराटनगर ७ मा रहेको आमाको माया छात्रावासमा एक कार्यक्रमको आयोजना गरी आमाको माया छात्रावासमा रहेका विद्यार्थीहरुलाई मायाको रासन तथा स्कुल ब्याग स्टेशनरी लगायतका सामग्री वितरण गरेको छ । आमाको माया छात्राबासमा बस्ने विद्यार्थीहरुको लागी माया सहितको रासन तथा स्कुलका किताव कपि बोक्नको लागी व्याग तथा स्टेस्नरी वितरण गरिएको विराटनगर जेसीजका अध्यक्ष देवचन्द्र घिमिरेले जानकारी दिए ।


यसैविच कार्यक्रममा आमाको मायाँ छात्रावासका अध्यक्ष मदन कुमार साहले विराटनगर जेसिजले दिएको मायाले छात्रवासका विद्यार्थीहरुलाइ पठन पाठनमा ठुलो सघाउ पुर्याउने र आगामी दिनमा समेत जेसिज र छात्रावास बिचको सहकार्य रहने बताए ।


त्यसैगरी तेस्रो कार्यक्रम अन्तर्गत विराटनगर बसपार्कका यातायात मजदुरहरुको स्वास्थ जाँच गरिएको छ । स्वास्थ शिविरमा ५५ जना बढीले स्वास्थ शिविरबाट सेवा लिएको जेसीज सप्ताहका मुल संयोजक जेसी अभिनास थापाले जानकारी दिए ।

यसैविच कातिक १ गते विराटनगर जेसीजको वर्ष २०२२ को “जेसीज सप्ताह–२०२२” को समुदघाटन तथा स्लो साईकल रेस सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालीकाका मयेर नागेश कोईरालाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्