सुजता लिम्बू
विराटनगर । पछिल्लो समय अधिकांश महिलाहरु केही न केही पेशा व्यवसायमा अपनाउन थालेका छन् । कुनै समय घरको चुलाचौकाबाट छुटकारा नपाउने महिलाहरुको जीवनशैली फेरिदैँ गएको छ ।
अध्ययनदेखि रोजगारीको क्षेत्रमा पनि महिलाहरुको सहभागिता उत्तिकै बढ्दै गएको छ । सँगै आत्मनिर्भर बन्ने महिलाहरुको पनि संख्यामा थपिएकी भली सुब्बा व्यूटीपार्लर व्यवसायमा आफ्नो भविष्य खोजिरहेकी छिन् । उनले विराटनगरको त्रिमुर्ती चौकमा व्यूटीपार्लर सञ्चालन गरेकी छिन् । उनी नारीलाई आफ्नो सीपको माध्यमबाट सुन्दर मात्रै बनाउदिनन्, आत्मनिर्भर बनाउने ज्ञान पनि दिन्छिन् । अर्थात उनी व्युटीपार्लर सम्बन्धि महिलाहरुलाई तालिम पनि दिन्छिन् ।
त्यसो त उनलाई यो यो पेसाले घरगृस्थ सम्हाल्न बलियो आधार मिल्छ भन्ने सोचेको पनि थिइनन् । चार वर्ष देखि उनी यो पेशामा आवद्ध छिन् ।
‘मैलो ४ वर्ष भयो पार्लर सञ्चालनमा ल्याएको मलाई यो भन्दा अगाडी यो पेशाले महिलालाई आत्मनिर्भर बनाउँछ्, घर गृहस्थ चलायमान राख्न मद्दत मिल्छ भन्ने कल्पना पनि गरेको थिइन,’ उनी भन्छिन्,‘यो पेशाले मलाई घरगृहस्थ चलाउन सहज मात्रै नभएर, नेतृत्व गर्न सक्ने क्षमताको विकास पनि पु¥याएको छ । उनले यसअघि व्यवसायिक हिसाबले भन्दा पनि सौखले काठमाडौं हुँदा पार्लरको वेसिक कोर्ष सिकेकी थिइन । तर, पछि यही पेशालाई व्यवसाय बनाएर अगाडी बढ्नेकी भलीलाई व्युटी पार्लर आर्थिक श्रोतको बलियो आधार बनेको छ ।
‘मैले यो पेशालाई गहिरिएर लिएकी थिइन, तर, मेहेनत गर्दा यो आर्थिक श्रोतको बलियो आधार बन्ने रहेछ ।’ उनले सुनाइन् ।
परिवार र साथीको बलियो साथ
कहिलेकाँही जीवनमा सफलताको सिढी उक्लन कसैको साथ महत्वपुर्ण हुने भलीको बुझाई छ । व्यवसायिक यात्राको ४ वर्षमा सफलता र असफलता दुवैको जंघार तरेको थुप्रै वटा अनुभव छ उनीसँग । यही भोगाइहरुको एक छेउमा उनी आफ्नो दिदि र साथी राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटिकी अध्यक्ष अमिता पोखरेललाई स्मरण गर्छिन् । गफैगफमा धेरै पटक नाम उल्लेख गरेकी उनले यो पेसामा आवद्ध गराउन थप हौसाल दिने अमिता र उनकी दिदि रहेको बताइन् । साथीको साथ र दिदिको हौसाला नहँदो हो त उनले ब्यूटीपार्लर सम्बन्धि कोर्ष पुरा गर्नबाट वञ्चित रहने उनीले सुनाइन् ।
‘म त्यो बेला वेसिक कोर्ष सिकेको हुनाले अमिताको पार्लरमा जाने गर्दथिए, उनको पार्लरमा गएर पनि धेरै कुरा सिकेको थिए,’उनले विगत स्मरण गर्दै सुनाइन्,‘ उनैले मलाई पार्लर सम्बन्धि लेभल टु को तालिम लिन प्ररित गरिन त्यही अनुसार मैले फम भरेर तालिम लिए उनकोले सल्लाहले र मेरो मेहेनतले अहिले यो पेशामा म सन्तुष्टि छु ।’ यो पेसामा आवद्ध हुँदै गर्दा संघर्षको पहिलो खुडकिलामा आफ्नी दिदिको दर्बिलो साथ नभएको भए यो पेसामा टिकेर काम गर्न सहज नहुने उनले सुनाइन् ।
व्यूटीसियनलाई हेर्ने दृष्टिकोण फेरिएको छ
‘केही समय अगाडी व्युटी पार्लर पेशालाई नक्कली पेशा भन्नेहरु पनि थिए,’ विगत स्मरण गर्दै उनले सुनाइन् । तर, पछिल्लो समय यो पेशालाई महिलाहरुका लागि आत्मनिर्भर बन्न सक्ने सम्मानित पेशाको रुपमा लिँदा आफूलाई खुशी मिल्ने उनको भनाई थियो । व्युटी सियनहरुको पनि छुटै संगठन भएकाले पनि आफूहरुलाई समाजसँगै, अन्य संघसस्थाले हेर्ने दृष्टिकोण फेरिदै गएको उनले बताइन् । ‘पहिले, पहिले व्युटीपार्लर पेशालाई नक्कली पेशा भन्थे, तर, अहिले यो पेशालाई महिलाहरुलाई आत्मनिर्भर बनाउदै गएको छ ।,’उनले भनिन्,‘यो सँगै हामी व्युटीसियनहरुको छुट्टै संगठन भएकाले पनि पछिल्लो हाम्रो पेशालाई नराम्रो भन्नेहरुको सोँच परिवर्तन भएको छ । ’ उनी राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटिकी सचिव समेत हुन् ।