अमेरिकामा चीसोका कारण एक करोड ५० लाखभन्दा बढी बिरामी परेको सीडीसीको अनुमान

<span class='c1'>अमेरिकामा चीसोका कारण एक करोड ५०</span> <span class='c2'>लाखभन्दा बढी बिरामी परेको सीडीसीको अनुमान</span>

संयुक्त राज्य अमेरिकामा यस मौसममा अहिलेसम्म कम्तीमा एक करोड ५० लाख बिरामी भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सार्वजनिक गरेको रिपोर्टमा जनाइएको छ ।

शुक्रबार सार्बजनिक रिपोर्ट अनुसार यो अवधिमा एक लाख ५० हजार अस्पताल भर्ना र नौ हजार ३०० जनाको मृत्यु भइसकेको शुक्रबार सार्बजनिक सीडीसीको रिपोर्टमा उल्लेख छ ।

अमेरिकामा मौसमी इन्फ्लुएन्जाको गतिविधि उच्च रहेको तर केही क्षेत्रमा घट्दो देखिएको सीडीसीले जनाएको छ ।

सीडीसीको तथ्याङ्कअनुसार डिसेम्बर १० मा समाप्त भएको पछिल्लो हप्तामा अमेरिकामा फ्लुका कारण २३ हजार ५०० भन्दा बढी मानिस अस्पताल भर्ना भएका छन् ।

इन्फ्लुएन्जासँग सम्बन्धित नौ बालबालिकाको मृत्यु यसै साता भएको छ भने यस मौसममा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ । रासस/सिन्ह्वा

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्