विराटनगर रानीबाट तीन ठाउँ सार्दापनि बनेन प्रवेशद्वार

<span class='c1'>विराटनगर रानीबाट तीन ठाउँ</span> <span class='c2'>सार्दापनि बनेन प्रवेशद्वार</span>

विराटनगर । विराटनगरमा भारतबाट प्रवेश गर्ने रानी नाकामा निर्माण गरिने भनेको स्वागतद्वारको काम सम्पन्न हुनुपर्ने भन्दा आठ महिना बितिसक्दा समेत सुरु हुन सकेन । सात करोड ७६ लाख ४८ हजार लागत अनुमान गरेर ६ करोड २५ लाख २४ हजारमा ह्याबीट्याट–आशिषदीप जेभीसँग सम्झौता भएको प्रवेशद्वार काम सकिनुभन्दा आठ महिना बितिसक्दा अझै काम सुरु नभएको हो ।

प्रदेश सरकार सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरले आह्वान गरेको बोलपत्र अनुसार २०७९ असार १४ गतेसम्म काम सम्पन्न हुनुपर्ने थियो । ठकेदारसँग २०७७ जेठ २७ गते सम्झौता भएको थियो । प्रवेशद्वार निर्माणस्थलको यकिन नै नगरी हचुवाका भरमा गुरुयोजना बनाउने, ठेक्का लगाउने काम हुँदा निर्माणमा समस्या देखिएको छ । तत्कालिन मुख्यमन्त्री शेरधन राईले नेपाल–भारत दशगजा क्षेत्रमा प्रवेशद्वार शिलन्यास गर्ने कार्यक्रम समेत त्यहि कारण रद्द भएको थियो ।

निर्माणस्थल दशगजा क्षेत्रमा परेपछि शिलन्यास रोकेर नयाँ स्थानमा सार्ने योजना राखिएको थियो । त्यसका लागि विराटनगर महानगरपाकिलालाई निर्माणस्थल यकिन गरिदिन माग गरिएको थियो । महानगरले नयाँ यकिन गरेको नयाँ निर्माणस्थल भन्सार क्षेत्रमा परेपछि पुनः रोकिएको थियो । महानगरले भन्सार क्षेत्रमा यकिन गरिदिएको थियो । भन्सार कार्यालयले कुनैपनि संरचना निर्माण गर्न नमिल्ने बताएपछि प्रवेशद्वार निर्माणको काम अझै जटिल बनेको हो ।

प्रदेश सरकार, विराटनगर महानगरपालिका र उद्योग संगठन मोरङको संयुक्त लगानीमा प्रवेशद्वार निर्माण गर्ने भनिएको थियो । दशगजा र भन्सार क्षेत्रमा निर्माण गर्न नपाईने भएपछि अहिले सडक विभागसँग संरचना बनाउने स्थानको स्वीकृति माग गरिएको छ । सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख रुद्रनारायण मिश्रका अनुसार तीन स्थानमा सरिसकेको प्रवेशद्वार स्थल अब सडक विभागको स्वीकृतिमा अड्किएको छ ।

राजमार्गमा कुनैपनि संरचना निर्माण गर्नुपर्दा सडक विभागको स्वीकृति लिनुपर्ने हुन्छ । सडक क्षेत्रमा जथाभावी संरचना निर्माण गर्न पाईदैन । खासमा आकाशेपुलसहितको स्वागतद्वार निर्माणको योजना थियो । रानी क्षेत्रमा बन्न नसकेपछि त्यस उत्तर चार किलोटिमर दुरीको आईसीपी प्रवेश गर्ने स्थानमा प्रवेशद्वार र महावीर चौकमा आकाशे पुल निर्माण गर्ने योजना थियो । तर, आकाशे पुल पनि निर्माण गर्न विराटनगरवासीले दिएनन् भने आकाशे पुल निर्माणका लागि अझै स्थान यकिन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्