प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार भित्र रहेर उल्लेखनिय काम गरेको छ : मन्त्री चापागाई

<span class='c1'>प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार भित्र रहेर उल्लेखनिय</span> <span class='c2'>काम गरेको छ : मन्त्री चापागाई</span>

विराटनगर । प्रदेश १ का सडक पूर्वाधार तथा शहरी विकासमन्त्री दुर्गा प्रसाद चापागाँइले प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार भित्र रहेर उल्लेखनिय काम गरेको बताएका छन् ।
शुक्रबार मोरङको बेलबारी–५ स्थित लिम्बू चौक र सभापुर जोड्ने नवनिर्मित पुल उद्धघाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री चापागाइले यस्तो बताएका हुन् ।

उनले प्रदेश सरकारको औचित्य माथि केही राजनीतिक दलका व्यक्ति उठाएका भ्रम निराधार रहेको समेत बताए । मन्त्री चापागाइले प्रदेश सरकार गठनभए यता प्रशासनिक, विकास निर्माणका कुराहरुमा जनता सहजै पुग्न सक्ने अवस्था सृजना भएको दाबी गरे ।
‘प्रदेश सरकार थिएन भने काठमाण्डौ छिर्नुपर्ने हुन्थ्यो, मेहेनतका साथ सिहंदरबार छिर्नपन हुन्थ्यो योजना पर्छ या पर्दैन भन्ने हुन्थ्यो,’ उनले भने,‘ योजना परे पनि सहज हिसाबले पहुँचमा पुग्छ कि पुग्दैन, यस्ता थुप्रै समस्यालाई प्रदेश सरकारले हल गरेको छ । ’
उनले अघिल्लो सरकारले प्रदेशको औचित्य स्थापित गरेको र यो सरकारले प्रदेश सरकारको औचित्य र आवश्यकतालाई थप व्यवस्थित र बलियो बनाउनुनपर्नेमा जोड दिए । विकासका आयोजनाहरुलाई समयमा सम्पन्न गर्न गुणस्तरीयलाई ध्यान दिनुपर्नेमा जोड दिए ।
‘प्राविधिक हिसाबले जनुबेला सम्झौता गर्छौ अथवा सम्झौताको अवधिमा मापदण्ड अनुसार गुणस्तरालाई पनि कायम राख्नुपर्ने हुन्छ ।’ यने भने,‘ यसो गर्दा विकास निर्माणको कार्यमा होस् या अन्य सन्दर्भमा जनताको हितलाई केन्द्रमा राखेर समयमा सबै कामहरु सम्पन्न गर्न सक व्यहवारीक हिसाबले राम्रो हुन्छ ।’ अन्य विकास निर्माणका विषयमा प्रदेश सरकारको तर्फबाट सकारात्मक हिसाबले पहल लिने समेत प्रतिवद्धता जनाए ।
प्रदेश १ को नामकरण सहमतीको अधारमा टुंगो लगाउनका निमित्त प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरु बीच छलफल भइरहेको बताउदै उनले सहमतीको आधारमा सकेसम्म छिटो प्रदेशले नाम पाउने दाबी गरे । वृृहत विराट क्षेत्र विकास भित्र स्थायी संरचनाहरु भौतिक संरचना हरु निर्माण गर्ने अघिल्लो सरकारले गरेको निर्णय केन्द्रमा राखेर काम अगाडी बढाउने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्