सुन्दरहरैँचा नगरपालिकाद्वाराद्वारा कृषकलाई कृषि सामग्री हस्तान्तरण

<span class='c1'>सुन्दरहरैँचा नगरपालिकाद्वाराद्वारा कृषकलाई</span> <span class='c2'>कृषि सामग्री हस्तान्तरण</span>

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाको आयोजनामा व्यावसायिक तरकारी खेती गर्दै आएका कृषक समूहलाई रु १० लाख ७० हजार मूल्य बराबरका विभिन्न कृषि सामग्री हस्तान्तरण गरिएको छ ।

नगरपालिकाको वडा नं ११ शुक्रबारेमा सूर्य तरकारी पकेट समितिको सहकार्यमा कृषक समूह तथा नगरपालिकाको साझेदारी रकममा आवश्यक कृषि सामग्री हस्तान्तरण गरिएको समितिका अध्यक्ष कृष्ण श्रेष्ठले बताउनुभयो ।

कृषकलाई मिनी पावर टिलर, मोटर, पावर स्प्रे, कपडाको पाइप, विभिन्न किसिमका तरकारीका बीउलगायत सामान जनप्रतिनिधि तथा कर्मचारीको सहभागितामा वितरण गरिएको नगर प्रमुख केदारप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।

उहाँले व्यावसायिकरूपमा तरकारी खेती गरिरहेका कृषकको सहयोगका लागि नगरपालिकाले विभिन्न कार्यक्रम अघि सारेको उल्लेख गर्नुभयो । नगरपालिकाको रु पाँच लाख ४० हजार तथा किसानको रु पाँच लाख ३० हजार साझेदारीमा सामग्री किनेर वितरण गरिएको सुन्दरहरैँचा नपाका कृषि शाखा प्रमुख सुदीप भण्डारीले जानकारी दिनुभयो ।

तरकारी पकेटको सार्वजनिक सुनुवाइ अनुगमन तथा कृषि सामग्री हस्तान्तरण कार्यक्रमबाट आफू प्रभावित भएर स्वदेशमा व्यावसायिक तरकारी खेतीबाट मनग्ये आम्दानी गर्न सफल भएको स्थानीय कृषक मोहनलाल श्रेष्ठले बताउनुभयो । तरकारी पकेट समितिमा हाल ३० किसान आबद्ध छन् ।
उनीहरूले २५ हेक्टर जमिनमा तरकारी खेती गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्