विराटनगर । प्रदेश १ मा पहिचान बिना नामाकरण भए विद्रोहमा उत्रिने किँरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोले बताएकी छिन् ।
उनले आवर विराटनगरको टेलिफोन सम्पर्कमा कुरा गर्दे यस्तो बताएकी हुन् ।
प्रदेश १ सरकार र प्रदेशसभाले पहिचान बिनाको प्रदेश को नाम राखे आफूहरु विद्रोहामा उत्रिने बताउदै उनले नदीको आधारमा नाम हुन नदिन कसरी अगाडी बढ्ने विषयमा छलफल भइरहेको समेत जानकारी दिइन् ।
‘प्रदेश १ का नाम नदीको आधारमा नाम राख्ने तयारीमा छन भन्ने सुनेका छौं,’ उनले भनिन्,‘ हाम्रो माग किँरात-लिम्बूवान प्रदेश १ को नाम हुनु पर्छ ।अर्थात पहिचानको आधारमा नाम हुनुपर्छ भन्ने हो, पहिचानलाई बेवास्ता गर्ने प्रवृत्ति भए हामी विद्रोहमा उत्रिन तयार छौं ।’