झापामा एक ट्राफिक प्रहरीको भागमा १०७१ सवारीसाधन

<span class='c1'>झापामा एक ट्राफिक प्रहरीको</span> <span class='c2'>भागमा १०७१ सवारीसाधन</span>

झापा । देशका मुख्य सहरमा झैं झापामा पनि सवारी साधनको चाप दिनानु दिन बढ्दै गएको छ । मेची अञ्चल यातायात कार्यालयमा दर्ता भएका सवारी मध्ये करिब ६० हजार सवारी झापामा गुड्ने गरेको तथ्याङ्कले देखाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीरा गिरीले एक जना ट्राफिक प्रहरीको भागमा एक हजार ७१ दशमलव ४२ वटा सवारी साधन हेर्नुपर्ने बाध्यता छ भन्नुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा जम्मा दरबन्दी ४१ जनाको मात्र रहेको बताउदै उहाँले भन्नुभयो – पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयबाट थप १५ जना ट्राफिक प्रहरीलाई काजमा ल्याएर झापामा ट्राफिक ब्यवस्थापनमा खटाइएको छ ।

५६ जना ट्राफिक प्रहरीले ६० हजार सवारी हेर्नुपर्दा ज्यादै गाह्रो भएको बताउदै गिरीले भन्नुभयो – पूर्वपश्चिम राजमार्गको मात्र सवारी हेर्नेलाई पनि यति ट्राफिक प्रहरीले पुग्दैन । झापाको तीन स्थानमा दरबन्दी भएपनि ११ स्थानमा ट्राफिक प्रहरी खटाइएको गिरीको भनाई छ । झापाको विर्तामोड, दमक र चन्द्रगढीमा दरबन्दी भएपनि अन्य स्थानमा समेत एक जनाभएपनि ट्राफिक प्रहरी राखेर सवारी दुर्घटना न्यूनीकरण गर्न आफूहरु लागी उहाँको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्