नयाँ मिटर नआउँदा बत्ती बाल्न समस्या

<span class='c1'>नयाँ मिटर नआउँदा</span> <span class='c2'>बत्ती बाल्न समस्या</span>

वेलवारी । मोरङको बेलबारी ४ का दुर्गा प्रसाद पोखरेल हप्तामा एक पटक बिद्युत प्राधिकरण्मा आउने गर्छन । पोख्रेल भर्खरैमात्रै बसाई सरेर बेलबारी ४ लभित्तिमा आएका हुन ।उनले बस्नका लागी घर बनाए । बयरबन गाविसबाट बसाई सरेर नगरपालिका क्षेत्रमा आएका पोख्रेलले नगरपालिकामा राम्रो बिकास भएको हुन्छ, सेवा सुबिधा पनि राम्रो हुन्छ भन्ने सुनेका थिए । बैशाख देखि दैनिकजसो नै बिद्युत प्राधिकरणमा उनी नयाँ बिद्युत मिटर माग्दै धाउन थाले तर अहिले सम्म उनले नयाँ मिटरका लागी आबेदन दिन समेत पाएका छैनन ।

उनी त एक पात्र मात्रै हुन नयाँ मिटर माग्न बिद्युत प्राधिकरण बेलबारी बितरण केन्द्र धाउने मध्येका,उनीजस्तै सयौँ ग्राहकहरु अहिले नयाँ मिटरका लागी धाईरहेका छन । नयाँ मिटर माग्न आउनेको भिड लाग्ने गरेपनि अहिलेसम्म नयाँ मिटर नआँउदा उपभोत्ताहरु अन्धकारमा बस्न बाध्य भएका छन । नेपाल बिद्युत प्राधिकरण बेलबारी बितरण केन्द्रमा मात्रै तिन हजार ३८ जनाले गत आ.ब.मा मिटरका लागी आबेदन दिएका थिए । आवेदन दिएपनि उनिहरुले अहिले सम्म आधिकारीक रुपमा बत्ति बाल्न पाएका छैनन । प्राधिकरणले दिने सेवासुबिधा बाट उनीहरु बञ्चित भएका छन ।

मंहगो महसुल तिरेर अरुको घरबाट बत्ति बाल्नु उनीहरुको बाध्यता बनेको छ यतिबेला । मिटर चाँडै पाउने आशामा आठ सय चार जनाले त राजश्व समेत बुझाई सकेका छन । राजश्व बुझाएपनि अहिले सम्म मिटर भने पाएका छैनन । नयाँ मिटरका लागी १३ सय ९० रुपैँया राजश्व बुझाउनु पर्छ । यता बिद्युत प्रधिकरणले भने बिभागले नै नयाँ मिटर नपठाएका कारण समस्या भएको जनाएको छ । नाकाबन्दी पछि मिटर नआएकाले बितरण गर्न असहज भएको बेलबारी बितरण केन्द्रका प्रमुख धनपत्ति यादबले बताए ।

पटक पटक पहल गरेपनि बिभागले नै मिटर नपठाएपछि सेवाग्राहीलाई सेवा दिन समस्या भएको यादवले वताए । मिटर कहिले पाईन्छ भनेर दैनिक आउनेको संख्या बढेको छ बितरण केन्द्रका एक कर्मचारीले भने तर मिटर आउने टुंगो छैन । तिन हजार भन्दा बढिको निवेदन छ आँउदा एक डेढ सय ओटा मात्र आउँछ अनि कस्लाई दिने ? उनले प्रति प्रश्न गरे । गत बैशाख देखि भने नयाँ मिटरका लागी निवेदननै दिन नपाएको स्थानीय उपभोक्त्ताहरुले बताएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्