विराटनगरमा जारी बास्केटबल प्रतियोगिताको फाइनलमा एभरेष्ट

<span class='c1'>विराटनगरमा जारी बास्केटबल</span> <span class='c2'>प्रतियोगिताको फाइनलमा एभरेष्ट</span>

विराटनगर । विराटनगरमा भदौ १५ गतेदेखि जारी विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको फाइनलमा एभरेष्ट स्कुल प्रवेश गरेको छ।

आज भएको सेमिफाइनल खेलमा सगरमाथा स्कुललाई पराजित गर्दै एभरेष्ट फाइनलमा प्रवेश गरेको हो ।

उपाधिका लागि एभरेष्टले शुक्रबार पोखरीया स्कुल र विकेभिएम स्कुलबीचको विजेतासँग खेल्नेछ । समूह चरण पार गर्दै एभरेष्ट, समगरमाथा, विकेभिएम र पाेखरीया स्कुल सेमिफाइनलमा पुगेका थिए ।

मंगलबार एभरेष्ट स्कुलमा भएको पहिलो सेमिफाइनल खेलमा एभरेष्ट स्कुलले सगरमाथा स्कुल विराटनगरलाई २८–१६ अंकले पराजित गर्याे । खेलको म्यान अफ द म्याच एभरेष्ट स्कुलका अक्षत मण्डल भए ।

प्रतियोगितामा सगरमाथा, बिकेभिएम, डिपिएस, डन बोस्को, एभरेष्ट, अरनिको, पोखरिया, सेन्टजोसेफ स्कुलले सहभागिता जनाएका छन् । विद्यार्थीहरुमा रहेको प्रतिभाको प्रफुष्टन गर्दै बास्केटबल खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्