नुमा भन्छिन् : अन्य महिलाहरुले जस्तै तीजमा ब्रत बस्छु

<span class='c1'>नुमा भन्छिन् : अन्य महिलाहरुले</span> <span class='c2'>जस्तै तीजमा ब्रत बस्छु</span>

सुजता लिम्बू
विराटनगर । ‘निधारको त्यो रातो टिका, छाप बनी बस्यो यो दिलैमा’ झट्ट हेर्दा गीतको हरफ र नुमा लिम्बू (चञ्चला) को स्वरुपमा कुनै कमी देखिएकी थिइनन् । गाँजलले पोतिएका चिम्सा आँखा । गलामा रातो र हरियो पोतेले सझाएकी, रातो सारीले खुबै सुहाएको थियो । तीजको माहोलमा बेहुली झैँ सिंगारीएकी नुमा कुनै साधरण महिला भने होइनन् । जन्मदा पुरुष अर्थात छोरा भएर जन्मेकी नुमा बढ्दो उमेरसँगै उनको इच्छा र चाहनाहरु छोरी झेँ भएपछि अहिले आफूलाई एउटी महिला भएर समाजमा पहिचान दिँदै आइरहेकी छिन् ।

बाल्यकालदेखि अहिलेसम्म संघर्षका थुप्रै जंघार तरेर अहिले आफ्नो समुदाय लैङ्गीक अल्प –संख्यकको क्षेत्रमा अधिकार स्थापीत गराउने काममा अगाडी बढिरहेकी छिन् । हरेक मान्छेको आ–आफ्नो चाहाना अनुसार जिन्दगी जिउनु पनि जीवनको एउटा महत्वपूर्ण पाटो रहेको बताउने उनी अहिले तीजका भगवानको पुजा–आरधना गरी ब्रत बसिरहेकी छिन् । अन्य महिलाहरुले जस्तो ब्रत बसेर असल र आफूलाई बुझ्ने श्रीमान पाउने प्राथनासहित व्रत बसेको उनी सुनाउछिन् । ‘हामी वर्षौ देखि महिला हौँ भनेर समाजमा आफ्नै अस्तित्व र पहिचानको लडाई लडिरहेका छौँ, हाम्रो पनि त इच्छा चाहाना अन्य महिलाहरुको जस्तै हुन्छ ।‘ उनी सुनाउछिन्, उहाँहरुले जस्तै मैले पनि असल र मलाई बुझ्ने श्रीमान पाँउ भनेर ब्रत बसेकी हुँ ।’ तीजमा सँधै व्रत बस्दा अन्य महिलाले जस्तै सूर्य अस्त नभएसम्म पानी, फलफुस नखाइ निराहार ब्रत बस्ने गरेको उनी सुनाउछिन् । ‘म अन्य महिलाहरु जस्तै निराहार ब्रत बस्छु, उनी सुनाउछिन्, ‘साउन महिना, सोमबार र तीज त्यसमा पनि आज त विश्वकर्मा पुजा, सोमबार तीज सबै मिलेको छ त्यसैले आज त झन कठोर व्रत बस्छु ।’ भाग्यमा भन्दा पनि कर्ममा विश्वास गर्ने बताउने उनी आफूले इच्छाएको कुरा नपुगिन्जेल कठोर व्रत बस्ने बताउछिन् । आफ्नो कोही नहुनेको भगवान हुने र भगवान प्रतिको आस्था नै सबै भन्दा महत्वपूर्ण पाटो रहेको बताउने उनी आस्था, विश्वास र आफ्नो लक्ष्य प्राप्तिको बाटो देखाउने आफ्न्त नै भोलेनाथ बाबा रहेको बताउछिन् । लिड नेपाल नामक संस्थामा कार्यक्रम संयोजक भएर काम गरिरहकी उनी विगत स्मरण गर्दै सुनाउछिन् , कुनै समय अन्य महिलाहरु तीज कार्यक्रममा नाचिरहेको देख्दा आफूलाई पनि खुब नाच्न मन लागे पनि त्यहाँ समाहित हुन नै असहज महसुस हुने गरेको सुनाउछिन् ।

उनी हाँस्दै भन्छिन्,‘तर अहिले त्यो विगत जस्तो छैन, हामीलाई हेर्ने देष्टिकोण बदलिएको छ, अहिले त हामी आफ्ने सस्थाबाट पनि कार्यक्रमको आयोजना गरिहेका हुन्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्