राष्ट्रिय बास्केटबल लिग असोज १२ गतेदेखि हुने

<span class='c1'>राष्ट्रिय बास्केटबल लिग असोज</span> <span class='c2'>१२ गतेदेखि हुने</span>

काठमाडौं । नेपाल राष्ट्रिय बास्केटबल लिग हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा असोज १२ गतेदेखि असोज २७ गतेसम्म बास्केटबल लिग हुने भएको हो।

राष्ट्रिय बास्केटबल लिग नेपाल बास्केटबल सङ्घअन्तर्गत शीर्ष स्तरको लिग हो । यस लिगमा आठ क्लबले एक आपसमा प्रतिस्पर्धा गर्ने नेपाल बास्केटबल सङ्घले जनाएको छ ।

सहभागी क्लबमा विशाल मिलन केन्द्र, बुढानीलकण्ठ बास्केटबल क्लब, गोल्डनगेट इन्टरनेशनल कलेज, हाउन्ड्स एकेडेमी, रोयल स्पोट्स सेन्ट्रल, टाइम्स इन्टरनेशनल कलेज, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लबले सहभागिता जनाउनेछन् ।

लिगको विजेता टोलीले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

त्यसैगरी प्रत्येक सहभागी क्लबले तयारी खर्च स्वरूप ५० हजार रुपैयाँ पाउने सङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्